बगाएर महिलाको मृत्यु

४ आश्विन २०७८, सोमबार मा प्रकाशित

काँकरभिट्टा ।

मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ भट्टराई चोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षीया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अबस्थामा फेला परेको हो ।

आइतबार मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा बिहान ८.४० बजे बगाएको स्थानबाट अन्दाजी डेढ किलोमिटर दक्षिण भारत दार्जीलिङ अनन्तराम जोतस्थित मेची खोलाको किनारममा महिला मृत अवस्थामा फेला परेको र कानूनी प्रकृयाको लागि भारतीय प्रहरीसँंग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here