क्रेनले किचेर अर्जुनधारामा एकजनाको मृत्यु

४ आश्विन २०७८, सोमबार मा प्रकाशित

झापा।

झापाको अर्जुनधारा नगरपालिका–२ घर्लेनी टोलस्थित भित्रि सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्रप्रसाद साह रहेका छन् । सुखानीबाट टाङटीङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढेर बसेका मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।

क्रेन र क्रेन चालक रौतहट रंगपुर– २ का २४ बर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here