सडकलाई ‘एम्बुस’ नबनाऊ

५ आश्विन २०७८, मंगलवार मा प्रकाशित
  •  
  • 311
  •  
  •  
  •  
  •  
    311
    Shares

सडक आवागमनको माध्यम हो । यातायातका तीन माध्यमहरू मध्ये हाम्रो भूगोलको अवस्थितिले स्थल मार्गमा पनि सडक नै मुख्य आधार हो । त्यसैले सबैभन्दा बढी महत्व भएको सडकलाई अवरोधरहीत, गुणस्तरीय र विश्वासयोग्य बनाउन जरूरी छ । सबैभन्दा पहिला निर्माण प्रारम्भ भएको पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई नेपालीको भाग्यरेखा भनिन्थ्यो । राजा महेन्द्रको सपनाको प्रतिफलमा निर्माण शुरू भएको राजमार्ग समयान्तरमा स्तरोन्नति पनि गरियो । यसले मेची र महाकालीका बीच सम्बन्ध स्थापित गर्यो मात्र होइन आवागमनलाई पनि सहज तुल्यायो । सो राजमार्ग निर्माणको पचास वर्ष भइसकेको छ तर, त्यसको उपयोगिता र महत्व उस्तै छ । यद्यपि अहिले अन्य धेरै सडक निर्माण सम्पन्न भएका छन् । कति निर्माण कै चरणमा छन् त कति स्तरोन्नतिको क्रममा रहेका छन् । अनि पनि महेन्द्र राजमार्ग मेचीलाई महाकालीसँग, देशका अन्य जिल्लालाई राजधानीसँग र भारत, भुटान लगायतका छिमेकीलाई पूर्वी नेपालसँग हुँदै नेपालसँग जोड्ने आधार बनिएको छ ।

सडक आर्थिक समृद्धिको पनि आधार हो । जनताले आफूद्वारा उत्पादित कृषि वस्तु होस् वा औद्योगिक वस्तु सडककै माध्यमबाट बजारसम्म पु¥याउँछन् । त्यस्तै बजारबाट उपभोक्ताको प्रयोग समेत पु¥याउन पनि सडक नै अनिवार्य हुन्छ । सडकले सवारीसाधनको आवागमन सरल र सहज ढङ्गले गरेको छ । जसका कारण उपभोग्य वस्तुको मूल्य र उत्पादन लागत समेत कम भएर आम उपभोक्ताको पहुँचमा पुगेको छ । देशको आर्थिक समृद्धिको मुख्य आधार बनिएको सडक जनताको जीवन आधार पनि हो । तर, भएका सडकको नियमित रेखदेख र मर्मतसम्भार नगरिँदा तिनै सडक मानिसको जीवन हरण गर्ने कारक बनिने गरेको छ । प्रत्येक दिन हुने गरेका सडक दुर्घटना र त्यसले गरेको क्षतिका पछि एउटा मुख्य कारक सडकको दुरावस्था नै हो । सडक दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न वीरता जेसीज बिर्तामोडले अन्य स्वयम्सेवी संस्थाहरूको सहयोग र ट्राफिक प्रहरीसँग समन्वय गरी अभियान नै सञ्चालन गर्ने गरेको छ । तर, पनि दुर्घटनामा कमी आएको छैन न त त्यसले गर्ने आर्थिक तथा मानवीय क्षति नै कम भएको छ ।

सडकको क्षमताले न्याउरी सवारी चाप र गुणस्तरहीन निर्माण सामग्रीका कारण सडकले अपेक्षित सेवा दिन सक्दैन । अझ सञ्चालनमा रहेका सडकहरूको नियमित सरसफाई र मर्मतसम्भार नहुँदा सडकमा परेका खाल्डाखुल्डी दुर्घटनाका कारण बन्ने गरेको छ । महेन्द्र राजमार्गको दमक–बिर्तामोड सडकखण्डमा परेका खाल्डाले सवारीसाधनको आयु त घटाएकै छ त्योभन्दा ठूलो मृत्युको कारण बनिने चिन्ता थपिएको छ । पानी परेको बेला खाल्डो पानीले छोपिएर आफ्नो गतिमा गुडेका सवारी दुर्घटनामा परेर कति मानवीय जीवन क्षति हुने हो त्यसको सम्भावना बेग्लै छ । सो सडक खण्डका पुलहरूमा पनि खाल्डाखुल्डी त्यत्तिकै छन् । त्यसको रेखदेख र मर्मत गर्ने दायित्व सडक डिभिजन कार्यालय दमकको हो । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रको सडकको अवस्थाको अनुगमन गरेर सम्बद्ध निकायलाई निर्देशन पनि दिन सक्छ । त्यसो गरिए सम्भावित दुर्घटनाको जोखिम कम गर्न, आर्थिक, भौतिक तथा मानवीय क्षति कम हुन सक्छ । यसतर्फ स्थानीय पालिका र सडक डिभिजन कार्यालयको ध्यान जानुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here