पथरीशनिश्चरे- ७ मा वडा समितिका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित

६ आश्विन २०७८, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे,

नेपाली काँग्रेस पथरिशनिश्चरे नगरसमिति अन्तर्गत वडा नं -७ को वडा समितिका सबै पदाधिकारीहरु मंगलबार सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् ।

सभापति ईन्द्र बहादुर गौतम भए भने उपाध्यक्षद्वय तिलक वोगटी र सञ्जय राईलाई सर्वसम्मत निर्वाचित भएका हुन्। यसैगरी,सचिवको लागि लोक बहादुर साउदेन र मरीचमान लिम्बु चयन भएका हुन् भने सह सचिव २ जनाका लागि उषा राई र सविन वोगटीलाई चयन गरिएको छ ।

सदस्य पदमा जनजाति कोटाबाट कमानसिंह श्रेष्ठ ,चिज बहादुर लिम्बु, पृथ्वी बहादुर सुव्वा , विनोद राई , नुमा माया लिम्बू, विक्रम तामाङ , वीर बहादुर जवेगू सर्वसम्मत चयन भएका हुन् भने खस आर्य तर्फबाट सदस्यमा लाल बहादुर खड्का , डम्बर कठैत , चन्द्र बहादुर खड्का निर्वाचित भए । दलित समुदायको प्रतिनिधित्व गर्दै देवीमाया दमाई र चन्द्र बहादुर कामी गजमेर सदस्य पदमा निर्वाचित भए भने सोही पदमा मधेसी कोटाबाट रमेश कुमार शाह सर्वसम्मत निर्विरोध निर्वाचित भएका थिए ।

साथै, सोहि वडाबाट क्षेत्रिय प्रतिनिधिका जम्मा १६ जनाले उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका हुन् । जसमा खुल्ला तर्फबाट पुरुष पदमा राजकुमार लामा , चुडामणि भट्टराई, दिपक शाही , खेमराज घिमिरे, सिताराम लम्साल , ईन्द्र बहादुर राई निर्वाचित भएका छन् भने खुल्ला महिला तर्फबाट सीता देवी अधिकारी रायमाझी, मीत्र कुमारी सार्की र शान्ता गौतम सर्वसम्मत चयन भएका नवनिर्वाचित क्षेत्रिय प्रतिनिधि चुडामणि भट्टराईले जानकारी दिनुभएको हो ।

आदिवासी जनजाति पूरूषमा अनुप योन्जन र बाबुराम शेर्मा , महिला तर्फबाट प्रेमलाई राई, रामबहादुर थापा (आर्य पूरूष), गीता भट्टराई थापा ( आर्य महिला ) ,धन बहादुर दर्जी ( दलित ), गणेश जोगी ( अल्पसंख्यक) लगायतका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका थिए ।

मंगलबार साँझ नै मतदान अधिकृत कमल धिमाल र सहयोगी जीवनकुमार बस्नेतले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here