पथरी शनिश्चरे नं १ को मत परिणाम सार्वजनिक

७ आश्विन २०७८, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिका अन्तर्गत वडा नं. १ को नेपाली काँग्रेस वडा समितिका सभापति लगायत सबै क्षेत्रिय प्रतिनिधिहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन समितिले आज वेलुकी नगरकै अति महत्वपूर्ण मानिएको उक्त वडा अधिवेशनको मत परिणाम सार्वजनिक गरेको हो । कूल २३५ मतमध्यें २२० मत मात्र खसेको थियो । जसमा, वडा सभापतिका उम्मेदवार विरेन्द्र प्रसाद प्रसाईँले १२१ मत प्राप्त गरि विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काजि सावाले ८९ मत पाएका थिए ।

त्यस्तै,वडा सचिव पदमा संजय लिम्बू ( १३५ मत ) र सुमन वि. क. ( ११४ मत ) मत प्राप्त गरेर विजयी भएका छन् । वडा सह सचिवमा कोष बहादुर बिष्टले १३१ मत ल्याएर निर्वाचित भए भने पुर्णबहादुर जिमीले ९१ मत पाएका थिए। आदिवासी जनजाति पुरुष तर्फको क्षेत्रिय प्रतिनिधिका रुपमा प्रतीत सुब्बा ( १३१ मत ) र विक्रम लिम्बू ( १४१ मत) विजयी भएका थिए । आदिवासी जनजाती महिला तर्फको क्षेत्रिय प्रतिनिधिका रुपमा सीता धिमाल (१२६ मत ) विजयी भएकी हुन्।

यसैगरी , क्षेत्रिय प्रतिनिधि( मधेशी) बाट दिनाकर मण्डल र रिता कुमारी शाहले १०५ बराबरको मत प्राप्त गरेका थिए । यसैगरी , क्षेत्रिय प्रतिनिधि ( खुल्ला तर्फ) मा रोशन पराजुली (१५२मत ), लोकनाथ खरेल ( १३१), धनकुमार तामाङ(२८),ठाकुर प्रसाद लिम्बू ( ११४ ), रूपनारायण भट्टराई (१११) , हेमन्त सुवेदीले (१०६ ) विजय हासिल गरेका छन्। क्षेत्रिय प्रतिनिधि (महिला ) तर्फबाट विना राई ( १३८) , विष्णु कुमारी बिष्ट (१३०) र गीता अधिकारीले ९० मत ल्याएर विजयी भएका हुन् ।

क्षेत्रिय प्रतिनिधिका पुरुष पदका लागि सुविन पराजुलीले १२९ मत पाई विजयी भएका हुन् भने महिला पदमा कविता पराजुलीले १२२ मत पाएर विजयी भएका हुन् । दलित गणेश नेपालीले १४० मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी, मंगलबार पनि १६ जना सर्वसम्मत चयन भएका थिए ।

सर्वसम्मत चयन हुनेहरू सुरेश भट्टराई ( खस आर्यबाट क्षेत्रीय प्रतिनिधि), दिनेश राई र मिलन श्रेष्ठ (वडा उपसभापतिमा) तथा सदस्य पदमा मनोरथ मिश्र, सत्न बहादुर धिमाल , मदन धिमाल , राजु मादेन , पदमलाल न्यौपाने, सुमन राई, विमला कार्की ,रूकमणी फूयाल, दुर्गा भट्टराई, शशीकला राजभण्डारी, पद्मा कुमारी ओख्राबु सर्वसम्मत निर्विरोध निर्वाचित चयन हुनु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here