जिपको ठक्करबाट मृत्यु

७ आश्विन २०७८, बिहीबार मा प्रकाशित
  •  
  • 520
  •  
  •  
  •  
  •  
    520
    Shares

उदयपुर,

बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् ।

बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।

बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here