‘अनि देउराली रुन्छ’नाटकको मञ्चन गरिने

९ आश्विन २०७८, शनिबार मा प्रकाशित

छविराज ढकाल/ पथरीशनिश्वरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रको कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लगत्तै नाटक मञ्चन गरिने भएको छ ।

हिजो शुक्रबार वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित ‘अनि देउराली रुन्छ’ सामाजिक नाटक मञ्चन हुने जानकारी दिईएको हो ।

तिहार लगत्तैपछि मञ्चन हुने उक्त नाटकका निर्देशक जीवन बराल रहनेछन्। प्रमुख अतिथि समेत रहनुभएका कला साहित्य प्रर्वधन समिति अध्यक्ष अमिर राईंले पथरीशनिश्चरे क्षेत्रमा नाट्यविधा आएको र आफूलाई ज्यादै खुशी लागेको बताउँदै मञ्चनको तयारीमा रहेको नाटकलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

नाटकमा सरोज तिम्सिना, छत्र राईं, सुदीपजंग कार्की, विमला पोखरेल, सदिच्छा अधिकारी, मेनुका कुलुङ राईं, सुमन कुइँकेल, प्रेम खतिवडा, देव गुरुङ, यशोदा श्रेष्ठ, मनोज तिम्सिना, पर्शुराम न्यौपाने, सन्दिप पोखरेल, नवीन गुरुङ, विक्रम बस्नेत, प्रतिमा पोखरेलललगायत स्थानीय दर्जनौं कालाकारहरुको महत्त्वपूर्ण अभियन रहने शब्द थियटरका सचिव तथा कला प्रर्वधन समिति सचिव सरोज तिम्सिनाले बताएका छन् ।

स्थानीय कला र प्रतिभाले धनी पथरीशनिश्चरेमा यो संघीय राजधानी विराटनगरपछिको दोस्रो ठूलो महोत्सव हुने छ । स्थानीय प्रतिभाको विकासमा ठुलो टेवा पुग्ने समेत विश्वास लिईएको मनोहर पार्कका संचालक टीकाराम राई बताउनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here