छुरा प्रहार गरी छिमेकीको हत्या

0
807

सुनसरी।

सुनसरीका इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६२ बर्षीय देवीप्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।

सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागि घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी खटीएको प्रहरी टोलीले हत्या गर्ने देवीप्रसाद अधिकारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here