कांग्रेस इलाम माइनगर सभापतिमा लिम्बू विजयी

0
743

विमल दहाल, इलाम ।

नेपाली कांग्रेसको माइ नगर सभापतिमा हेमबहादुर लिम्बू विजयी भएका छन्।

लिम्बूले निकटतम प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन्। लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले ६३ मत प्राप्त गरेका छन् ।

कुल १ सय ६७ जना मतदाता रहेको चौधौ माई नगर अधिवेशनमको उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् । दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले १ सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् ।

त्यस्तै दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले (अर्जुन) विजयी भएका छन्। सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरुका निकटतम प्रतिद्वन्द्वी धन बहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याई उपबिजयी बनेका छन ।

माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन्। तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गरेका छन्। सह सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गर्दै उपबिजयी बनेकी छन्।

इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । डम्बर खड्का, हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकांक्षी हुन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।

नगर सभापतिका विजयी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने उपविजयी पुष्प गिरी हिमाल कर्मचार्य र भेषराज आचार्य निकट मानिन्छन् । जिल्ला सभापतिको टिम अनुसारनै नगरमा पनि टिम बनेको थियो ।

कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव हुने ब्यवस्था छ भने निर्वाचित अध्यक्षले कोषाध्यक्ष मनोनित गर्ने ब्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here