मिस झापा २०२१ मा सहभागी हुने किशोरीको पहिलो चरणको अडिसन सम्पन्न

0
620

बिर्तामोड।

वीरता जेसीजको आयोजनामा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुने किशोरीको पहिलो चरणको अडिसन सकिएको छ ।

बिर्तामोडको होटल द किंग्सबेरीमा भएको अडिसनमा जिल्लाका विभिन्न क्षेत्रका किशारीहरु सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका महिलाको सहभागिता गराइनेछ । १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका किशारीहरुले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिए ।

सन् २०१४ देखि सुरु गरेको मिस झापाको संयोजन बिर्ता मिडिया प्रालिले गर्दै आएको छ । यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्नेछ ।

दोस्रो चरणको अडिसन आउँदो शनिबार सोही स्थानमा हुनेछ धिमालले बताए । अडिसनको निर्णायकमा कोरियोग्राफर स्वेता कालाखेती, सञ्चारमर्की हिमाल खरेल, जेसिजका तर्फबाट प्रविण खड्का र फेसन डिजाइनर विवश राई रहेका थिए । कार्यक्रममा मुख्य प्रायोजक टिभिएस, सह प्रायोजक यामाहा र पावर्ड बाइ साहारा नेपाल साकोस रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here