पथरीमा उद्याेगी , व्यवसायी तथा छुटपुट भएका नागरिकलाई भेरोसेल खोप दिइयो

0
581

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरका ४५ वर्षदेखि माथिका नगरवासीका लागि आजदेखि कोरोना भाइरस विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगाइएको छ ।

आज वडा नम्बर १, ४, ७ र ८ को आधारभूत स्वास्थ्य केन्द्र, र ५ को हसन्दह स्वास्थ्य चौकीमा ती वडाका नागरिकका लागि खोप लगाइएको हो। ४५ वर्षदेखि ४९ वर्षसम्मका , यसअघि खोप लगाउन छुटेका र १८ वर्षमाथिका परीक्षार्थीका लागि यो खोप लगाउने कार्यक्रम संचालन हुने भएको छ ।

भोलि सोमबार २, ३, ६, ९ र १० नं वडाका स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइने छ भने पर्सी १२ गते ५ र ६ नम्बरमा छुटका लागि हसन्दह स्वास्थ्य चौकीमा, ४, ८, ९ र १० मा छुटका लागि शनिश्चरे स्वास्थ्य चौकीमा तथा १, २, ३ र ७ का छुटका लागि नगर अस्पतालमा खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ ।

यसैबीच, नगरक्षेत्रभित्र रहेका ४५ वर्षमाथिका उद्याेगी व्यवसायीहरू तथा यस अघि खोप लगाउन छुटेका नगरवासीहरुलाइ समेत भेरोसिल खोप लगाइएको हो । पथरी उद्योग वाणिज्य संघको विषेश पहलमा ५सय भन्दा बढी उद्याेगी, व्यवसायी, व्यापारी तथा पहिले छुटेका सर्वसाधारणलाई समेत उक्त खोप लगाइएको पथरी उद्याेग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here