क्यानडामा काममा लगाइदिने भन्दै ठग्ने पक्राउ

0
363

झापा ।

महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१०का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका–८ बस्ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् ।

उनीहरुले पीडित झापा कमल गाउँपालिका–६ घर भइ काठमाडौं बानेश्वर बस्ने आशिष काफ्लेलाई क्यानडामा फुड प्याकिङको लागि मासिक तलब २ लाख २५ हजारमा जागिर लगाइदिने भन्दै आइएमइ र सिटी एक्सप्रेसमार्फत तीन लाख पठाउन लगाइ ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरु दुवै जनालाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here