सुनमाईमा ‘गुलेली पिङ’

0
837

बिनोद पाण्डे,
चारपाने।

झापाको बुद्धशान्ति–७ सुनमाईमा सहासिक खेल गुलेली पिङको शुरुवात भएको छ ।

सहासिक खेल खेल्नकै लागि विदेश र पश्चिम नेपालका विभिन्न ठाउँमा पुग्ने पूर्वेली पर्यटक, युवाहरुको जोश हिम्मतलाई स्थानीय क्षेत्रमै खेलको माध्यमबाट मनोरञ्जन दिलाउने उद्देश्यले स्थानीय सुनील ढुंगानाले कान्छाकान्छी स्वीङ सञ्चालनमा ल्याएका हुन् ।

इण्डोनेशियामा प्रख्यात रहेको स्वीङ खेल पूर्वी नेपालमा आफूले पहिलोपटक सञ्चालनमा ल्याएको ढुंगानाले दावी गरेका छन् । केहीबर्ष अगाडि एक्सल बैंकमा काम गरेर त्यसपछि बैदेशिक रोजगारीमा गएर आएपछि आफ्नै देश र ठाउँमा रोजगारी सृजना गरेर अरुलाई पनि रोजगारी दिने संकल्पका साथ एक करोड रुपैयाँको लागतमा सो साहसिक खेल सञ्चालन गरेको ढुंगानाले बताए ।

टिमाई खोलाको भिरमा बनाइएको ६० फिट अग्लो पिङलाई उपकरणमार्फत तन्क्उाएर छोडेपछि उछिट्टिएर मच्चिने पिङ छोडने बेलामा ३ सेकेण्डसम्म हुने कहालीलाग्दो डर नै यो खेलको मुख्य आकर्षण हो । यो खेल मुटु दह्रो हुने १५ देखि ६० बर्ष उमेरसम्मकाले खेल्न सक्ने छन् । एकपटकमा एक व्यक्तिले मात्र खेल्न सक्ने खेलका लागि सम्पूर्ण सुरक्षा मापदंण्ड पूरा गरिएको र १० लाखको विमा पनि सुरक्षित गरिएको सञ्चालक ढुंगानाले बताए ।

साहसिक खेलहरुमा प्याराग्लाइडिङ, जीपलाइन, बञ्जी लगायतका खेल खेल्न खर्चिलो हुने गरेको तर स्वीङ खेल सर्वशुलभ शुल्कमा खेल्न सकिने गरी कान्छाकान्छी स्वीङ कम्पनीले एक व्यक्तिका लागि हाललाई रु. ५ सय रुपैयाँ शुल्क तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here