पथरीस्थित भुटानी शरणार्थी शिविरमा विद्युत प्रसारण लाइन जडान गरियो

0
739

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा सोमबार विद्युत लाइन प्रसारण गरिएको छ ।

तेस्रो मुलुक गएपछि बाँकी रहेका भुटानी शरणार्थीहरुलाई विद्युत सुविधा उपलब्ध गराउन प्रसारण लाइन जडान गरिएको हो ।

सोमबार बिहान शिवर ब्यवस्थापन समितिको आयोजनामा प्रसारण लाइन चालु गरिएको हो । कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमु्ख दिलिपकुमार राई, विद्युत कार्यालय उर्लाबारी मोरङका प्रमुख इन्जिनियर दिगम्बर यादव, शिविर सचिव चम्पासिंह राई लगायतको उपस्थितिमा विद्युत लाइन चालु गरिएको थियो ।

शिविरमा विद्युत प्रशारण लाइनको लागि शरणाार्थी सम्बन्धि उच्चायोग (युएनएचसीआर)को संयोजकत्वमा ३६ लाख रुँपैया विद्युत प्राधिकरणमा जम्मा भएको थियो । सो रकमले शिविरमा १०० केभीएको दुई वटा ट्रान्समिटर, ६० वटा कङक्रीट पोल गाडेर तार टाँगिएको थियो । शिविरमा विद्युत चालु भएपनि घरघरमा मिटर जडान गर्ने काम बाँकी रहेकाले दशैंसम्म विद्युत बाल्ने योजना रहेको शिविर सचिव चम्पासिंह राईले बताए ।

मिटरको लागि धरौटीदेखि घरमा वाइरिङ्गलगायतका काम युएनएचसीआरले गरिदिने क्याम्प व्यवस्थापन सचिव राईले बताउनुभयो । हालसम्ममा शिविरका ३४२ घर परिवारको विद्युत जडान गर्न आवेदन दिएका छन् । भुटानी शरणार्थी परिचय पत्र र आरसीयु (नेपाल सरकारको शरणार्थी हेर्ने कर्मचारी)को सिफारिसको आधारमा बिद्युत मिटर जडान हुने सचिव राईले बताए ।

सन १९९० मा भुटानी शरणार्थी नेपाल आएका थिए । करिव ३१ बर्षदेखि बस्दै आएका भुटानी शरणार्थीहरुले औपचारिक रुपमा विद्युत सेवा पाएका थिएनन । केहीले छिमेकी नेपाली घरपरिवारको सहयोगमा विद्यूत सेवा लिर्दै आएका थिए । हाल उक्त शिविरमा १५ सय बढि भुटानी शरणार्थीहरू बसोबास गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here