ढिस्कोमा परेर एक जनाको मृत्यु दुई जना घाइते

0
535

सोलु।

सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरुको माथिबाट ढिस्को झरेर र्पुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् ।

सुरुङमा काम गरिरहेको अबस्थामा रामकृष्णको ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरी टोली पुगेर थप अनुन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here