‘एभरेष्ट हाइपर मार्केट’मा सात करोड लगानी: राजगढमा जिल्लाकै नमूना बजार तयार

0
1394

बाह्रदशी, सात करोड भन्दा बढी लगानी गर्दै दक्षिणी झापाको बाह्रदशी– ३ स्थित राजगढ बजारमा ‘एभरेष्ट हाइपर मार्केट’ तयार गरिएको छ ।
१४ वर्ष अघि बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका चान महमद हुसेनले स्वदेश फर्किएसंगै भाटभटेनीसंग प्रतिष्पर्धा गर्ने गरी गाउँमै ‘एभरेष्ट हाइपर मार्केट’ तयार गरेका हुन् । डेढ वर्ष अघि राजगढ बजारमा एक करोड ५० लाख रुपैयाँ लगानी गर्दै ‘एभरेष्ट सस्तो बजार’ सञ्चालन गरेका उनले पुनः ‘एभरेष्ट हाइपर मार्केट’ तयार गरेका हुन् । हाइपर मार्केट असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
ग्रामीण क्षेत्रका ग्राहकलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आफूले हाइपर मार्केट तयार गरेको महमदको भनाई छ । विदेशी अनुभवका कारण डेढ वर्ष अघि राजगढमा जिल्लाकै सस्तो वजारका रुपमा ‘एभरेष्ट सस्तो वजार’ सञ्चालनमा ल्याएका थियौं महमदले भने – छोटो समयमा वाह्रदशीबासीको मात्र नभई जिल्लाका विभन्न ठाउँबाट किनमेल गर्न आउने ग्राहकको मन जित्न सफल भएकाले पुःन अर्काे हाइपर मार्केटमा लगानी गरेका हौं ।
हामीले सञ्चालन गर्ने हाइपर मार्केट विदेशी शैलीमा छ महमदले भने – ग्रामीण क्षेत्रमा पनि भाटभटेनी भन्दा राम्रो मार्केट तयार गरेका छौं, यो मार्केट सञ्चालनमा आएसंगै यस ठाउँका मात्र होइन झापावासीलाई नै किनमेल गर्न सहज हुन्छ ।
हाइपर मार्केटमा आएपछि किनमेल गर्नै पर्छ भन्ने छैन, आउने ग्राहकलाई सत्कार र संस्कार कस्तो हुनुपर्छ त्यो हामी सिकाउँछौं उनले भने – ‘विश्वका ठूला बजार त्यसै चम्किएका हैनन् उनीहरसंग ग्राहकलाई गर्ने सत्कार र संस्कार दुवै छ । त्यो अब हाम्रो हाइपर मार्केटमा आएपछि देख्न र अनुभव गर्न पाउनु हुनेछ ।’

यहाँबाट श्रब्यदृष्य सुन्न सक्नु हुन्छ ।

‘ग्राहक व्यवसायीका लागि भगवान समान हुन् । ग्राहक आएमात्रै व्यवसाय फस्टाउने हो । किनमेल गर्न आएका ग्राहकलाई सत्कार गर्न सकेमात्रै उनीहरुले सोचे भन्दा धेरे सामाग्री खरिद गर्छन र पुनः दोहो¥याएर आफ्नै पसलमा आउछन्’ महमदले भने – यो मार्केटमा अन्यत्र नपाइने जुनसुकै सामग्री हामी यही उपलव्ध गराउछौं र ग्राहकलाई सन्तुष्ट बनाएर पठाउँछौं ।
पाँच हजार इस्क्वार फिटमा फैलिएको यो मार्केट एभरेष्ट डिजिटल सिनेमा हलसंगै छ । यो सिनेमा हल पनि तीन वर्ष अघि उनै युवा व्यवसायी महमदले नै सञ्चालनमा ल्याएका हुन् । पाँच करोड रुपैयाँ लगानी गर्दै महमदले सञ्चालनमा ल्याएको सिनेमा हल मोफसलकै ठूलो र सुविधा सम्पन्न हलका रुपमा परिचित छ ।
महमदले बाह्रदशीमा सञ्चालनमा ल्याएको हाइपर मार्केट जिल्लाकै पहिलो भएको उनको दावी छ । हाइपर मार्केट अर्थात भाटभटेनी जस्तै किनमेल गर्ने ठाउँ झापामा छैन उनले भने – ‘यहाँ सबै प्रकारका गुणस्तरीय सामग्री एउटै छानामुनी सुपथ मूल्यमा पाइन्छ ।’
नूनदेखि सुनसम्म बजार मूल्य भन्दा धेरै सस्तो मूल्यमा हामी हाइपर मार्केटमा किनमेल गर्न आउने ग्राहकलाई उपलब्ध गराउँछौं महमदले भने – हाम्रो हाइपर मार्केटमा भन्दा सस्तो अर्काे कुनै पसलले सामग्री बील सहित उपलब्ध गराए हामी त्यो सामग्री सित्तैमा दिन्छौं यो हाम्रो प्रतिवद्धता नै हो ।
दक्षिणी झापाका सिमावर्ती क्षेत्रका नागरिक भारतीय वजारमा निर्भर छन् । तर, महमदले सञ्चालनमा ल्याएको एभरेष्ट सस्तो बजारका कारण अधिकांश मानिस भारतीय वजार त्याग्दै अहिले किनमेलका लागि राजगढ आउने गरेका छन् । जसको प्रतिफल स्वरुप यो मार्केट सञ्चालनमा ल्याएको उनको भनाई छ ।
‘हाइपर मार्केटमा प्रवेश गर्ने ग्राहकले शुरुमै छुट्टै अनुभूति गर्ने छन् ’ महमद भन्छन् – ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै जोखिम मोलेर विदेशी शैलीमा हाइपर मार्केट सञ्चालनमा ल्याएका छौं यो बजार अब हाम्रो होइन तपाइको हो ।
मार्केट आफैंमा सुन्दर छ । सबै ठाउँमा एसी जडित , फ्रि वाइफाई, सबै उमेर समूहका नागरिकलाई अनुकुल हुने लत्ताकपडादेखि अन्य सामग्री उपलब्धता , खाद्यन्यका सबै प्रकार, ताजा फलफूल तथा सागसब्जी, माछामासुका लागि छुट्टै र व्यवस्थित बधशाला सञ्चालनमा रहेको महमदको भनाई छ ।
विश्वस्तरीय सेवाका लागि सञ्चालनमा ल्याइएको मार्केटका कारण यहाँ आउने ग्राहकको समय र पैसा दुवै बचत हुने उनको दावी छ । एभरेष्ट हाइपर मार्केट प्रालि नै दर्ता गर्दै महमदले नाफामुखी भन्दा पनि ग्रामीण क्षेत्रका वासिन्दालाई सेवामुखी बनाउँदै सञ्चालन गर्ने मार्केटले धेरेको मन जित्न सफल हुने बताइन्छ ।
मार्केट सञ्चालनसंगै ३० जनालाई रोजगारी प्रदान गरेको र केही समयपछि सेवा थपसंगै ५० जनालाई रोजगारी प्रदान गर्ने महमदको भनाई छ । होम डेलिभरिको व्यवस्था सहित मार्केट सञ्चालनमा ल्याइएको बताईएको छ । विदेशी वजारमा समेत होम डेलिभरिको व्यवस्था रहने हुँदा यहाँका ज्येष्ठ नागरिक, अशक्त लगायत लक्षित समूहलाई हाम्रो मार्केटले फ्रि डेलिभरिको व्यवस्था गरेको छ महामदले भने – जसका लागि छुट्टै कर्मचारीको व्यवस्थापन गरेका छौं ।
विदेशी वजारमा पाइने धेरै थरि सामग्री समेत हाइपर मार्केटमा सुपथ मूल्यमा उपलब्ध गराउने तयारी गरिएको र धेरै सामग्री उपलब्ध गराइसकेको महमदको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here