चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

0
606

झापा,
गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाइ पसलमा अनुगमन गरेको जनाएको छ ।

कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले कपियय पसलले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको समेत जानकारीदिनुभयो

उहाँले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको अनुगमन समितिसँग मिलेर पनि बजार अनुगमनलाई तीव्रता दिएको जानकारी दिनुभयो । उपभोक्ताको गुनासो आएपछि झापाका सात सिमेन्ट उद्योगबाट सिमन्टको नमूना सङ्कलनसमेत गरिएको बताउनुभयो । नमूना सङ्कलन गरिएका सिमेन्टको गुणस्तर उपभोक्ताले भनेझै कम पाइएमा कारबाही गरिने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here