झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सहसचिवमा कृष्ण गौतमको उम्मेदवारी

0
727

 

झापा, नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सहसचिवमा कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय प्रतिनिधि तथा पार्टी नेताहरुसँगको विभिन्न चरणको छलफल र परामर्श पछि गौतमले उम्मेदवारी घोषणा गरेका हुन् । गौरादह ( ९ का जनप्रतिनिधि समेत रहेका गौतम पार्टी भित्र जुझारु युवा मानिन्छन् ।

स्थानीय स्तरमा उनी नागरिकको मन जितेका जनप्रतिनिधिका रूपमा चिनिन्छन् । वडाअधिवेशनमा लोकप्रिय मत ल्याएर क्षेत्रीय प्रतिनिधि निर्वाचित उनी पार्टी भित्र परिवर्तन चाहाने युवा हुन् । नेपाल ल क्याम्प काठमाडौँ, धनकुटा बहुमुखी क्याम्प धनकुटामा अध्ययनरत रहँदा नेविसंघको संगठन निर्माणमा योगदान पुर्‍याउनका उनी बैगुनधुराका स्थानीयबासी हुन् । उनी स्थानीय स्तरमा पार्टी संगठन निर्माणमा निरन्तर सक्रिय छन् । बैगुनधुरा, महाभारा,पाँचगाछी, शिवगञ्ज क्षेत्रबाट पार्टीको क्षेत्रीय समितिमा पदाधिकारीको आवश्यकता बोध र पार्टी पंक्तिमा छलफल गरेर आफूले क्षेत्रीय सहसचिवमा उम्मेदवारी दिएको उनले बताए । सो क्षेत्रका नेता, समकालीनको पूर्णसाथ साथ र समर्थन आफूले उम्मेदवारी घोषणा गरेको गौतमको भनाइ छ । उम्मेदवारी घोषणासँगै गौतम अग्रज, समकालीन र अनुजहरुसँगको भेटघाटमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here