हात्तीको आक्रमणमा परी महिलाको मृत्यु

0
410

झापा, जंगली हात्तीको आक्रमणमा परी झापामा एक महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणपछि बेपत्ता झापा विर्तामोड ८ की लट्टुमाई मर्डीको शब फेला परेको हो ।
निगुरो खोजेर विक्री गर्दै दैनिकी चलाउने लट्टुमाई र उनका श्रीमान शुकलाल मर्डी विहान भद्रपुर १० मा पर्ने चाराली जंगलमा निगुरो खोज्न गएका थिए । उनको शब भद्रपुर १० स्थित सेतीखोला पैनीमा खोजीका लागि खटिएको सुरक्षा निकायको टोलीले फेला पारेको थियो । निगुरो खोज्ने क्रममा लट्टुमाईलाई हात्तीले आक्रमण गरेपछि शुकलालले भने भागेर ज्यान जोगाएका थिए ।


श्रीमान् श्रीमतीसंगै निगुरो खोज्न गएका उनीहरु मध्ये लट्टुमाईलाई लगभग १० बजेतिर हात्तीले आक्रमण गरेको शुकलालले बताए । हात्तीको आक्रमणबाट भागेर बचेका शुकलालले बस्तीमा पुगेर घटनाबारे जानकारी गराएपछि खोजी कार्य शुरु भएको थियो । ।
हात्तीको आक्रमणपछि लट्टुको खोजीका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीका साथै स्थानीयको सहयोगमा अपरान्ह्र ४ बजेतिर शब भेटिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here