प्रकृतिको माझ:नेपाल-चीन रेल मार्गका चुनौती  

0
916
स्वर्गझैँ सुन्दर, तपस्विहरुको तपोभूमिको रूपमा नेपाललाई बुझिन्छ,जहाँ  अटल हिमाल हाँसिरहेको हुन्छ ,डाँफे चरा नाचिरहेको हुन्छ साथै लालीगुराँस फूल फुलिरहेको हुन्छ। प्रकृतिले भरिपूर्ण हाम्रो देश नेपालमा आधुनिक विकासको सम्भावनामा आज भोलि बहस छेडिएको छ।
यसै क्रममा नेपालले चीनको रणनीतिक बेल्ट एण्ड रोड अवाधरणामा हस्ताक्षर गरिसकेको छ र अन्तरदेशीय रेल संजाललाई यसै अवाधरणा अन्तर्गत बनाइने छ। कुल छ वटा प्रस्तावित मार्ग मध्ये कतिपय राष्ट्रिय निकुञ्जलाई  नछोई निर्माण गर्न सकिने भएपनि त्यसले रेल मार्गको दुरीलाई तीन गुणाले बढाउन सकिने देखिन्छ।
तिब्बतको शिगात्सेबाट केरुङ्ग हुदै काठमाडौँसम्म जोड्ने रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनिया राष्ट्रियापति सी जिंग पिङ्ग को हस्ताक्षर भएको थियो।
चीनले गरेको सम्भाब्यता अध्ययनले काठमाडौँ देखि केरुङ्गसम्मको ७२.२ किलोमीटर दुरीमा ९८.८ प्रतिशत सुरुङ्ग तथा ठुला पुलहरु हुने उल्लेख छ।
सन् २०१८मा  यस  अध्ययनले नेपालतर्फको निर्माणका लागि २९३ अरब लागत अनुमान गरेको थियो। जसमा नेपालतर्फको खण्डमा ९ वटा पुल र ७ वटा सुरुङ्ग प्रस्ताव गरिएका छन् जसलाई महत्वपूर्ण पूर्वाधार को रुपमा प्रस्तुत गरिएको
छ।
भूकम्पिय जोखिममा रहेका क्षेत्रहरु पनि रेल मार्गमा रहेको  भन्दै कठिन भूबनोट यसको ठुलो चुनौती भएको बुझिएको छ।
 लगातार भूकम्प जान सक्ने र पहाड उठ्ने क्षेत्रहरुमा निर्माणको काम गर्नुपर्ने कार्य जोखिमपूर्ण  हुन सक्छ।
नेपालको भूबनोट र हिमाल पहाडको वातावरणलाई मध्यनजर गरी गरेको विकास कार्यले देशमा समृद्धिको मार्ग खोल्न सकिन्छ तर जथाभावी विकासको नाम मा गरेको पूर्वाधार निर्माणले विनास निम्त्याउने खतरालाई नकार्न सकिदैन जसको ताजा उदहारण सिन्धुपाल्चोकमा गएको बाढी पहिरो र मानव बस्तिमा उठिवास  भएको अवस्थालाई बुझ्न सकिन्छ  ।
नेपाल सरकारले नेपाल र नेपालीको भविष्यप्रति चिन्तित छ भने वातावरण बिज्ञहरुको बृहद छलफल गरी सल्लाह सुझाव  लिनुपर्ने आवश्यक देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here