बीर पङ्धाकको ‘बाचा कसम’ सार्वजनिक

१५ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

झापा,

झापा बुद्धशान्ति ६ साविक शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले “बाचा कसम” बोलको पूर्वेली भाका सार्बजनिक गरेका छन् ।

उदयिमान गायक पङ्धाकले मेरो अन्लाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पूर्वेली गीतमा गायिका श्रेया राईले साथ दिएकी छिन ।  मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गितमा देविनबाबू राईले सङ्गीत भरेका छन । आदर्श लिम्बुले निर्देशन गरेको उक्त गीतमा पूर्वेली गाउँबेसिको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ ।

म्युजिक भिडियोमा आन्तरिक पर्यटकहरुको लागि गन्तब्य बन्दै गरेको बुद्धशान्तिकै ठुटेबर, सतिगौडा वरपर कैद गरिएका दृष्यहरु निकैनी मनमोहक देकिएको छ । अन्जित श्रेष्ठले छायांकन र दिलमाया लिम्बुले कोरियोग्राफर गरेको भिडियोमा मोडल प्रेना लिम्बु र गायक पङ्धाक स्वयमले अभिनय गरेका छन ।

सानैदेखी पुर्बेली गितहरुमा रुचि राखेको र गाउने गरेको थिए, यहि क्षेत्रबाट केही गरुम भन्ने लागेको छ , उनले भने । फुलबुट्टे चोली, मरुभूमि , नदि तरि, छुच्चि लगायत दुई दर्जन बढी गित गाईसकेका पङ्धाकले श्रोता तथा गित सङ्गीत प्रेमिबाट पनि राम्रो प्रतिक्रिया आईरहेकाले आगामी दिनहरुमा गायन क्षेत्रमा थप हौसला मिलेको बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here