भीड

१६ आश्विन २०७८, शनिबार मा प्रकाशित

अमृता खरेल,

यी हजारौं अनुहारहरूको भीडमा
एक अनुहार यस्तो हुन्छ …
कतै आफू जस्तै हुन्छ
कतै तिमी जस्तै हुन्छ ।

कोही मुस्कानसँगै जिन्दगीका रङ बोक्छन्
कोही आँशुसँग जिन्दगीका ढंग बेच्छन्।

यी लाखौं सपनाहरुको भिडमा
एउटा सपना यस्तो हुन्छ …..
कतै आफू जस्तै हुन्छ
कतै तिमी जस्तै हुन्छ ।

भन्यो मनले,
जानेलाई जान देऊ
खुशी खुशी जीन्दगीबाट
छैन अजम्बरी कोही
जानुनै त छ
एकदिन यो संसारबाट ….

ऊ फूलको मायाले रोएको छ
तिमी जूनको यादमा नरोऊ
सिकाएको छ पाठ जिन्दगीले यही,
जिन्दगीकै परिधिबाट …

यी करोडौं श्वासहरुको भीडमा
एउटा धड्कन यस्तो हुन्छ ।
कतै आफू जस्तै हुन्छ
कतै तिमी जस्तै हुन्छ ।

भद्रपुर, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here