शरिया कानूनमा त्यस्तो के छ जसले अफगान महिलाहरु डराउँछन् ?

१६ आश्विन २०७८, शनिबार मा प्रकाशित
  •  
  • 527
  •  
  •  
  •  
  •  
    527
    Shares

जब तालिवानहरु अफगानिस्तान वापस आए तब त्यहाँका महिलाहरुमा शरिया कानूनको डर पुनः मडारिन थालेको छ । अफगानिस्तानमा तालिवानको अघिल्लो शासनकालमा महिलाहरुलाई निकै दमन गरिएको थियो । त्यसबेला महिलाहरुलाई पढ्ने, जागिर गर्ने, सार्वजनिक क्षेत्रमा, कुनै पनि कार्यक्रममा सहभागिता जनाउने स्वतन्त्रता दिइएको थिएन । तालिवानहरुले अफगानिस्तानका महिलाहरुलाई कडा सजाय दिन्थे । अङ्गभङ्ग गर्दिनुदेखि मृत्यु दण्डसम्म दिन्थे ।

शरिया कानून भिन्न–भिन्न देशमा भिन्न–भिन्न किसिमले लागू भएका छन् । कहीँ केही खुकुलोपन पन पनि छन् । तर, तालिवानहरुले शरिया कानूनलाई अफगानिस्तानमा कठोर बनाएका थिए । शरिया कानून अन्तर्गत इस्लामी अदालतहरुले प्रायशः कठोर सजाय तोक्दछन् । त्यसैले अब पनि तालिवानहरुले अफगानिस्तानमा महिलाहरुलाई दमन गर्ने हुन् कि भन्ने डर पैदा भएको हो ।

अफगान महिलाहरु शरिया कानूनदेखि किन धेरै डराउछन् ?

तालिवानको शासनकालमा शरिया कानूनको डर स्कूले जीवनबाटै शुरु हुन्थ्यो । किनकि स्कूलमा केटीहरु पढ्न जान पाउँदैन थिए । स्कूल जान पाइहाले पनि केटा र केटीहरुको कक्षा बेग्लाबेग्लै हुन्थे । केटीहरुले खेलकुदमा भाग लिन पाए पनि केटाहरु सँगसँगै खेल्ने अनुमति थिएन । यतिसम्म कि केटा र केटीहरुका लागि अलग–अलग स्पोर्टस्––डे तोकिन्थे ।

स्कूले जीवनपछि पनि शरिया कानूनद्वारा महिलाहरुलाई नियन्त्रण :

महिलाहरु एक्लै यात्रा गर्न, अनुहार खुल्ला गरेर हिँडन, चलचित्र हेर्न, रेष्टुरेन्टहरुमा एक्लै जान र सवारीचालक अनुमतिपत्र पाउँदैन थिए । सार्वजनिक स्थानमा महिलाहरु पुरुषहरुसँग भेट गर्न पाउँदैन थिए । क्लब, नाइट क्लब, सिनेमा हल जस्ता मनोरञ्जनका साधन हुँदैन थिए । भए पनि महिलाहरु जान पाउँदैन थिए । आपूmखुशी जागिर या नोकरी गर्न पाउँदैन थिए । २० वर्षअघि अफगानिस्तानमा तालिवानले शरिया कानून लागू गरी महिलाहरु उपर ज्यादती गरेका थिए ।

महिलाहरु यस कारणले पनि निकै नै धेरै चिन्तित छन् कि, अफ्गानिस्तानमा अमेरिकी सेनाहरु र हुञ्जेल अमेरिकाले त्यहाँ निकै सुधार ल्याएको थियो । जसमा महिलाहरुको स्वतन्त्रता पनि एक थियो । अफगानिस्तानमा बालिका, किशोरी, युवती र महिलाहरु आधुनिक र पश्चिमा शैलीको जीवनशैली मान्न स्वतन्त्र हुँदै आइरहेका थिए । महिलाहरुको शैक्षिक, आर्थिक र सामाजिक स्तर बलियो हुँदै आएको थियो । स्कूलमा छात्राहरुका लागि भनेर गरिने भेदभाव कम हुँदै आइरहेको थियो । तर, अचानक अमेरिका अफगानिस्तानबाट बाहिरियो र तालिवानहरु वापस आए अफगानिस्तानमा कब्जा जमाए ।

अन्य देशको अवस्था : साउदी अबर लगायत अरब राष्ट्रहरु विकासको पथमा अघि बढ्ने क्रममा करोडौं विदेशी पर्यटक आकर्षित गर्दैछन् । आफ्ना देशलाई छुट्टि मनाउने र किलमेल केन्द्र बनाउँदैछन् । त्यसैले पनि होला त्यहाँ शरिया कानूनले बन्देज गरेका कुराहरु केही खुकुलो हुँदै आएका पाइन्छन् । महिलाहरुको शिक्षा, आर्थिक, सामाजिक स्तर र स्वन्त्रता देश विकासको द्योतक हो कुरा अरब राष्ट्रका शासकहरुले बुझ्दै आउन थालेका पाइन्छन् ।

इरान : इरानमा गरीब महिलाहरुको अवस्था निकै दयनीय रहेका छन् । केवल कोही केटासँग प्रेम गर्दैमा गरीब छोरीचेलीहरुको हत्या गरिदिन्छन् । इरानमा गरीब, मिडिल क्लास र उच्च क्लासका समाज छन् । उच्च क्लासका समाज अरुको दाँजोमा निकै स्वतन्त्रता उपभोग गर्दछन् । जहाँ शैक्षिक र आर्थिक सम्पन्नता छ । त्यहाँ निकै स्वतन्त्रता छाएको छ । इरानमा अक्सर सम्पन्न महिलाहरु एक्लै पनि यात्रा गर्न सक्दछन् । एक्लै घर भाडामा लिएर बस्न सक्दछन् । एक्लै कारमा सवार हुन सक्छन् । तर, शीरमा हिजाब भने अनिवार्य ओढ्नु पर्छ । इरानमा प्रायशः केटीहरु बेलुकी चाँडै घर आइसक्नुपर्ने मान्यता छ । इरानमा विवाह भएपछि महिलाहरु बढी सुरक्षित र स्वतन्त्र महशुस गर्दछन् ।

नाइजेरिया : नाइजेरियाको १२ प्रान्तमा शरिया कानून लागू भएको छ । शरिया अदालतमा न्यायधीश पुरुष हुने गर्दछन् । तर, महिलाहरु तर्क गर्न सक्छन् । कतिपय दोषीलाई खुला अदालतमा कोर्रा मारिन्छ । महिलाहरुलाई भने ढुंगा, पत्थरले हानेर सजाय दिइन्छ । यस्तो सजाय व्यभिचार गर्नेहरुलाई दिइन्छ । तर, अन्तर्राष्ट्रिय दवावका कारण अहिले ढुंगा, पत्थर हानेर सजाय दिइन्न ।

नाइजेरियामा स्कूलको पढाइमै शरिया कानूनबारे पढाइन्छ । मदरसामा पनि पढ्नु पर्दछ । उत्तराधिकारीको रुपमा महिलाको तुलनामा पुरुषहरुलाई दोब्बर सम्पत्ति मिल्दछ । महिलाहरुलाई वित्तीय जिम्मेवारी दिइएको दिइँदैन । महिलाहरुको रक्षा, भरणपोषणको जिम्मेवारी पिता, दाजुभाइ र पतिको मानिन्छ । शरिया कानूनले पतिलाई आफ्नी पत्निलाई कुट्ने पिट्ने छुट दिएको छ । तर, त्यहाँ उत्पीडन गर्ने पतिविरुद्ध अदालत जान सक्छिन् । स्कर्ट जस्ता छोटा पहिरन लगाउनु अनौठो मानिन्छ । तर, बिस्तारै नाइजेरियामा महिलाहरुले पनि आफ्ना इच्छा अनुसारका चिज छनोट गर्न पाउनुपर्ने मान्यता विकास भइरहेको छ । नाइजेरिया विकासको पथमा अघि बढिरहको छ । शहरका महिलाहरु निकै हदसम्म स्वतन्त्र महशुस गर्दछन् । उनीहरु जिम पनि जान सक्छन् । डर चाहिँ यो कुराको हुने गर्दछ कि कतै धार्मिक प्रहरीले पक्रेलान र कठोर सजाय देलान् ।

इन्डोनेशिया : इन्डोनेशियामा शरिया कानून केवल आचेह प्रान्तमा लागू गरिएको छ । यहाँका महिलाहरु दिनमा पाँच पटक नमाज पढ्द छन् । यहाँ अमानवीय सयाजको पनि समर्थन गरिन्छ । किनकि अपराधीहरु तह लगाउन यस्तै सजाय दिनुपर्दछ भन्ने मान्यता पनि राख्दछन् । महिलाहरु लामो कपडा लगाउँछन्, टाउकोमा हिजाब पहिरिन्छन् र अनुहार ढाक्छन् । यहाँ महिलाहरुले मिनि स्कर्ट र सर्ट लगाउनु सोझै शरिया कानून अनुसार सजायको भागिदार बन्नु हो । सार्वजनिक स्थानहरुमा प्रेमी जोडीहरु घुम्न जान सक्दैनन् । महिलाहरु विवाह अघि यौन सम्बन्ध राख्न मान्दैनन् । किनकि यस्तो कार्य इस्लामविरुद्ध हुने मान्यता राख्दछन् ।

शरिया कानून एक आस्था : कैयन मानिसहरु शरिया कानूनलाई आफ्नो आस्था मान्दछन् । तर, धेरैले युग अनुसारको स्वतन्त्रता पनि चाहँदै आएका पाइन्छन् । युगको माग, आवश्यकता र विमर्श अनुरुप कठोर चलनहरु नरम बन्दै आएका छन् ।

अफगानिस्तानका छात्राहरुका लागि खुशीको खबरः

पछिल्लो समाचार अनुसार तालिवानले अफगानिस्तानका छात्राहरुलाई पढ्न स्कूल जान अनुमति दिने भएको छ । तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले काबुलमा सञ्चार माध्यमहरुलाई त्यस्तो बताएका हुन् ।

महिलाहरुलाई नपढाउने सोच कहाँबाट आयो ?

आजका मुस्लिम महिलाहरु, धर्म के हो ? के सही र के गलत हुन् ? यी कुरा जान्दछन् । इस्लामको मुख्य मूल्य शिक्षा तथा सीप हासिल गर्नु हो । तर, महिलाहरुलाई नपढाउने सोच कहाँबाट आयो ? यस्ता विचार गैरइस्लाम हुन् । शिक्षा र सीप हासिल गर्नु नै असल मुस्लिम बन्नु हो । शिक्षित मुस्लिम महिलाहरु निर्भिक रुपमा यस्ता विचार राख्न थालेका छन् ।

अफगान महिलाहरुको डर साँच्चै नै हो त ?

केही दिनअघि तालिवानले अपहरण अपराध गरेको सजाय स्वरुप चारजनालाई मृत्यु दण्ड दिएर सार्वजनिक स्थानमा शब झुण्ड्याएको थियो । यसले अफ्गानिस्तानमा तालिवानहरुले मृत्युदण्ड, शरीरका अङ्ग काटी दिने जस्ता क्रुर र अमानवीय सजाय दिनेछन् भन्ने छनक मिलेको छ ।

तालिवानले पुरुषहरुलाई समेत दमन गर्ने छाँट देखाएका छन् । ताजा समाचार अनुसार अफगानिस्तानमा पुरुषहरुलाई दाह्री काट्न समेत नदिने भएका छन् । बालबालिकालाई पनि कडा सजाय दिइएको घटना सामाजिक सञ्जालहरुमा बाहिरिएका छन् । तालिवानका प्रमुख कानून कार्यान्वयन कर्ता समेत रहेका मुल्लाह नुरुद्दित टुवारीले अफगानिस्तानको कानूनमा यस्तै किसिमको सजायका प्रावधान रहने बताएका छन् । यी सबका कारण त्यहाँका महिलाहरुमा अरु भय थपिएका छन् ।

आशाको किरण : आजको आधुनिक विश्व अर्थात् शिक्षा, अर्थ, सूचना प्रविधि, सञ्चार, समानता, स्वतन्त्रता र मानव अधिकारको प्रभाव अनुसार स्लामिक देशहरुमा महिलाहरुको अवस्थामा सुधार हुँदै आएको देखिन्छ । आज मुस्लिम महिलाहरु डाक्टर, इन्जिनियर र विमान चालकसम्म भएका छन् । मानिसहरु शरिया कानून सुधार हुनेमा आशावादी छन् । अनि महिलाहरु पनि पुरुष सरह जीवनयापन, आधुनिक र विकसित युग अनुसारको स्वतन्त्रता उपभोग गर्न पाउने अवस्थाको नजिक नजिक पुग्दैछन् । जसले गर्दा स्लामिक देशहरुलाई नै धेरै लाभ हुनेछन् । (एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here