एक्सेल डेभलपमेन्ट वैंकको शेयर निष्काशन हुने

0
558

 

बिर्तामोड, एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १५औं साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न बैंकको साधारणसभा समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको हो ।

वार्षिक साधारणसभाले आ.व. २०७६÷०७७को वितरण योग्य सञ्चित मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. ८१ करोड ११ लाख २१ हजारको १२.०० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो ।

सर्वसाधारण शेयरधनीहरुकातर्फबाट सञ्चालक समितिमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल निर्वाचित भएका छन् । वैंकको लगानीमा रहिरहेको कर्जा रु. १० अर्बभन्दा बढी र निक्षेप संकलन रु. ११ अर्बभन्दा बढिरहेको छ ।

बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४१ स्थानमा शाखा कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । चालू आवमा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर कारोवार सञ्चालन गर्ने उद्देश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको बताइएको छ ।

पुँजी बृद्धिका लागि कम्पनीको गतचौधौ वार्षिक साधारणसभाको निर्णय अनुसार चुक्ता शेयर पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ पैसा ७२ रुपैयाँको ३० प्रतिशतका दरले रु. २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ पैसा ४२ को हकप्रद शेयर निष्काशन हुने भएको छ ।

सञ्चालक समितिका अध्यक्ष गोयलले उद्घाटन गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक सुष्मा शर्मा वस्तीले राखेकी थिइन् । सञ्चालक हेमराज ढकालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

सभामा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए । संस्थापक शेयरधनीहरु सुरेशकुमार अग्रवाल र डा. रुपक खनाल तथा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here