फोर – डी भिडियो एक्स–रे बाट पेटको सबै अंग दुरुस्तै हेर्न मिल्ने

0
1485

झापा, सोज १८ । अल्ट्रासाउण्डका लागि झापामा नयाँ प्रविधि भित्रिएको छ । विशेष गरी गर्भमा रहेको बच्चाको तस्बीर नै प्रिन्ट गर्न सकिने,शरीरका भित्री अंगको तस्बीर दुरुस्तै निकाल्न मिल्ने गरिको उपकरण बिर्तामोडस्थित निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डायोग्नोष्टिक क्लिनकले फोड– डी अल्ट्रासाउण्ड प्रविधि भित्र्याएको हो । यो अत्याधुनिक प्रविधिको भिडियो एक्स– रे हो । यसबाट पेटका जुनसुकै भागको तस्वीर दुरुस्तै हेर्न सकिन्छ ।

                             निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक ।

विशेष गरी गर्भवती महिलामा गर्भको विकास हेर्नका लागि यसको अधिकतम प्रयोग हुने गरेको छ । गर्भअबस्थाको तीन देखि चार महिनामा बच्चाको अवस्था सुस्त रहन्छ यस्तो अवस्थामा फोर– डी को सहायताले बच्चाको अवस्था जाँच गर्ने र बच्चाको अवस्था ठीक नभएको खण्डमा अन्य परीक्षण गर्न चिकित्सकले सल्लाह दिने गरेका छन् ।
गर्भअवस्था रहेको चार महिनापछि बच्चाको शरीको विकास कुन रुपमा भइरहेको छ त्यो फोर डी भिडियो एक्स– रे बाट पत्ता लगाउन सकिने र बच्चा सपाङ्ग वा अपाङ्ग के छ यही प्रविधिबाट हेर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । गर्भ अवस्थामा बच्चाको मष्तिस्कको विकास नहुने, ओठ कटेको, मुटुमा प्वाल परेको, हात खुट्टा नहुने, मुटु वाहिर हुने, आन्द्राहरु वाहिर निस्कने जस्ता समस्या यही प्रविधिबाट हेर्न मिल्ने बताइन्छ ।

निशा गुप्ता – सञ्चालक, निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक

यो प्रविधि मेचीका लागि नौलो हो । यहाँ रहेका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध छैन । बिराटनगरको केही अस्पतालमा उपलब्ध भएपनि झापाका लागि नौलो भएको बताइन्छ । बिर्तामोडस्थित एक अस्पतालले यो प्रविधि भित्र्याए पनि सञ्चालनमा ल्याउन बाँकी नै रहेको बताइएको छ ।
पूर्वमै पहिलो पटक विश्वासिलो, भरपर्दाे, अत्याधुनिक, फोर–डी भिडियो एक्स– रे र सम्पूर्ण प्याथोलोजीका लागि निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले सेवा प्रदान गर्दै आएको बताइएको छ ।
यहाँ यो प्रविधिबाट पेटको सम्पूर्ण भागको भिडियो एकस – रे, रगतको नशाको रंगीन भिडियो एक्स– रे सहित शरीरका सबै अंगको भिडियो एक्स– रे सेवा उपलब्ध गराइदै आएको निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिककी सञ्चालक निशा गुप्ताले बताएकी छिन् ।

 निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक मा उपचारका लागि आएका सेवाग्राहीहरु । 

‘शरीरमा लागेको रोग पत्ता लगाउने विधि र चिकित्सकको सेवा सबै एउटै क्लिनिकमा हुन्छ भन्ने छैन तर, निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक त्यस्तो ठाउँ हो जहाँ दक्ष चिकित्सक सहित प्रविधिपनि एड्भान्स राखेका छौं’ – निशाले भनिन् ।
अहिले क्लिनिकबाट न्यूरो तथा मानसिक रोग, छाला रोग तथा टाउको दुख्ने क्लिनिक,हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रशुति,वाल रोग, फिजिसियनबाट थाइराइड, छाती, मद, सुगर, मृगोला, प्रेसर जाँच तथा उपचार, नाक, कान र घाँटी, छाला तथा योन रोग, सहित नि?शल्तान दम्पत्तीका लागि पराशर्म केन्द्र समेत सञ्चालनमा आएको गुप्ताको भनाई छ ।


निशा एड्भान्सड अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकमा २४ सै घण्टा अत्याधुनिक प्याथोलोजी सेवा सहित अत्याधुनिक प्याथोलोजी ल्याव, फोर–डी भिडियो एक्स– रे, एनोमेली स्क्यान , टीभीएस, रक्त नलीको कलर डोप्लेर, पाँच सय रुपैयामा नै डी आर एक्स– रे गर्न सक्ने व्यवस्था रहेको छ । त्यस्तै १२ लेड इसीजी, एड्भान्सेड सीटीस्क्यान, फिस्टुलोग्राम, ÷सिग्नोग्राम, एचएसजी, एमसीयू ÷ एएसयू÷आइभीयू, वरिउम स्वाल्लो÷मेललगायतका सेवा उपलब्ध गराउँदै आएको सञ्चालक गुप्ताको भनाई छ ।

       ‘फोर डी – भिडियो एक्स– रे बाट शरीरका भित्री अंग दुरुस्तै देखिन्छ’

 


डा. सञ्जयकुमार गुप्ता – वरिष्ठ रेडियोलोजिष्ट मेची प्रादेशिक अस्पताल


फोर– डी भिडियो एक्स– रे अर्थात अल्ट्रासाउण्ड कस्तो प्रविधि हो ? यसबाट के के गर्न सकिन्छ ?

फोर– डी भिडियो एक्स– रे प्रविधि नयाँ भने होइन । तर, हाम्रो ठाउँका लागि भने नयाँ नै छ । यो प्रविधि अध्याधुनिक भने हो । यसबाट पेटका सबै अंगलाई दुरुस्तै हेर्न सकिन्छ । साधारण भिडियो एक्स – रे भन्दा धेरै फरक छ यो प्रविधिमा । यसरी बुझैं कि सामान्य फोन र आइफोनबीचको भिन्नता झैं हुन्छ यसमा । आएफोनले दिने सेवा चाँही फोर डी भिडियो एक्स – रे , अनि सामान्य फोनको सेवा चाँही अहिले हामीकहाँ भएको प्रविधिको भिडियो एक्स– रे जस्तै हो । सामान्य फोनबाट लिएको तस्बीर र आइफोनबाट लिएको तस्बीरको भिन्नता जस्तै हुन्छ यसमा ।

गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था जाँच गर्दै डा गुप्ता ।

फोर डी सहायताले गर्भवती महिलाको पेजमा रहेको बच्चाको विकास कसरी भइरहेको छ त्यो दुरुस्तै हेर्न सकिन्छ । यसमा अत्याधुनिक उपकरण भएकाले पेटभित्र वच्चाको वृद्धि र विकास कसरी भएको छ त्यो हेर्न सकिन्छ । फोर डी भिडियो एक्स–रे बाट पेट भित्रको तीन चार महिनाको बच्चा जतिवेला सुस्त हुन्छ । यो अवस्थामा बच्चाको अवस्था कस्तो छ , हेर्न सकिन्छ । यदि बच्चाको अवस्था ठीक छैन भने कानूनी रुपमै बच्चाको गर्भपतन गर्न सल्लाह दिन्छौं । यो तीन चार महिनाबीचको कुरा ग¥यो । त्यसपछि चार महिनापछि गर्भवती महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था कस्तो छ त्यो हेरिन्छ । जस्तो कि कुनै बच्चाको मष्तिष्कको विकास भएको हुँदैन । कसैको हात खुट्टा नै हुँदैन । कसैको आन्द्रा वाहिर निस्किएको हुन्छ । कसैको मुटु नै बाहिर हुन्छ, कसैको ओठ कटेको, ब्रेन नै नभएको हुन्छ यदि यस्तो छ भने यो प्रविधिबाट चेक जाँच गरियो भने बच्चाको अवस्था दुरुस्ते थाहा पाउन सकिन्छ । यो प्रविधिबाट गर्भवती महिलालाई जाँच गरियो भने हामीले त थाहा पाउने नै भयौं, गर्भवती स्वयमले हेर्न मिल्ने गरी भिडियो पनि बनाउन सकिने व्यवस्था हुन्छ । त्यतिमात्र होइन गर्भअवस्थामा नै बच्चाको अनुहार को जस्तो छ त्यो पनि प्रष्ट देखिन्छ । त्यो बच्चा वुवा जस्तो अनुहारको छ कि आमा जस्तो अनुहारको छ वा हजुरवा हजुर आमा जस्तो अनुहार भएको छ त्यो हेर्न समेत मिल्छ । त्यसकारण फोर– डी भिडियो एक्स– रेको महत्व बढेर गएको हो ।

यो प्रविधिबाट गर्भजाँच गर्दा कुनै समस्या त निम्तदैन ?

नेपालका लागि यो नयाँ प्रविधि हो । तर, हुँदै नभएको भने चाँही होइन । यदा कदा कुनै सुविधा सम्पन्न अस्पतालले यो प्रविधि भित्र्याएका होलान् । तर, विदेशका लागि यो प्रविधि कमन हो । म आफैंपनि दक्षिण भारतको मनिपाल अस्पताल अध्ययन गरेको विद्यार्थी हुँ। त्यहाँ यो प्रविधि कमन थियो । पछि एमबीबीएस् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरे । त्यो वेलासम्म धरानमा पनि यो प्रविधि भित्रिएको थिएन र अहिले पनि छैन । यो प्रविधि यहाँका लागि नयाँ भएपनि विश्वका लागि नयाँ भने होइन । यो प्रविधिबाट गर्भको गाँच गर्दा हामीलाई सहज हुन्छ नै गर्भवती महिलाका लागि सहज हुन्छ । किनभने बच्चाको अवस्था पेट भित्रै दुरुस्त हेर्न मिल्छ ? गर्भावस्थामा नै बच्चाको अवस्था दुरुस्तै हेर्न सकिने प्रविधिबाट कुनै बेफाइदा चाँही छैन र समस्या पनि हुँदैन । बरु केही खचिलो भएकाले आर्थिक भार चाँही पर्न सक्छ कि ? मेडिकल साइन्सका लागि रेडियोलोजी जरो नै । अझ त्यसमा प्याथोलोजी पनि पर्छ । यसलाई विरुवाको जरो भने जस्तै घरका लागि पिलर नै हो । मेडिकल साइन्समा जे पनि गर्न सकिन्छ । तर पिलर दह्रो हुनुपर्छ ।

श्रव्यदृष्य 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here