विराटनगर ।

झापाको कनकाई नगरपालिका–४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको दुई तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । सोमबार बिहान साढे ११ बजे काम गर्ने क्रममा दुई तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























