दुर्गादेवीद्वारा वृद्धवृद्धालाई भोजन र कपडा

१९ आश्विन २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोड–५ निवासी दुर्गादेवी थापाले पितृको सम्झनामा बिर्तामोड–४ स्थित वृद्धाश्रामका वृद्धवृद्धालाई सोमबार खाना तथा लत्ताकपडा फलफूल वितरण गरेकी छिन् ।

परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका १८ आमा र १३ बुवाहरु गरी ३१ बृद्ध मातापितालाई दुर्गादेवी, छोरा तिलक र बुहारी शुसिलाले एकछाक खाना, एक–एक थान लुगा कपडा र फलफूल वितरण गरेका थिए ।

वृद्धाश्रमका अध्यक्ष बिक्रम मादेनको अध्यक्षतामा भएको सो कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष राधिका चुडाल हुमागाँईले सहजीकरण गरेकी थिइन् ।

हिन्दू धर्मावलम्बीहरुले आफ्ना पितृहरुको सम्झना र सम्मानमा १६ दिन बार्ने सोह्र श्राद्धका अवसरमा वृद्धवृद्धाहरुको सेवामा आफूलाई समर्पित गर्दै सामाजिक कार्य गरेर पितृ उद्धार र पितृ ऋणको भार तीर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ ।

यस्ता पर्वहरु बाहेकका समयमा पनि जन्मदिन, विवाह उत्सव आदिमा वृद्धाश्रममा रहेका मातापिताहरुलाई सहयोग जुटने गरेको आश्रमका सचिव बेनु भट्टराईले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here