शहिद सहादत स्थलमा सरसफाई

0
691

इलाम ।

पाँच शहिदहरुको सहादत स्थल इलामको सुखानीमा मंगलवार सरसफाई कार्यक्रम गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजा र राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिको सहआयोजनामा भएको सरसफाई कार्यक्रममा शहिद पार्क भित्र फोहोर मैला ब्यबस्थापन गरिएको जनाईएको छ । शहिद पार्कलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन रङ्ग रोकन सहित सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिका अध्यक्ष कुमार लिम्बूले जानकारी दिनुभयो ।

सरसफाई अभियानमा माईका मेयर दिपककुमार थेवे, उपमेयर बिष्णु माया आचार्य, नेकपा एमाले माई नगर कमिटि सचिव हेमबहादुर लायो, युबा संघ नेपालका कुमार लिम्बू, अनेरास्ववियु ईलाका गोपाल आचार्य लगायत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

नेपालीहरुको महान चाड वडादशैंको सम्मुख परेर जिल्ला भरिका विभिन्न स्थानहरुमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियुको निर्णय बमोजिम सरसफाई कार्यक्रम आयोजना गरिएको बताईएको छ । विस २०२९ फागुन २१ गते तत्कालीन पंञ्चायती सरकारले झापाबाट इलाम जेल सार्ने बहानामा कम्युनिस्ट आस्था भएका शहिदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सुखानीमा गोली हानी हत्या गरेका थिए ।

शहिद सहादत स्थल ईलामको माई नगरपालिका–४ सुखानीमा रहेको भएपनि झापाका कम्युनिस्ट नेता कार्यकर्ताहरुले सुखानीको नाममा बजेट बिनियोजन गर्दै अर्जुनधाराको सालबारीमा विकास गर्दै रहेका छन। इलामको सुखानी सहिद सहादत स्थल भने संरक्षण र विकासमा ओझेल पर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here