एमाले रोङ ४ मा इन्द्रबहादुर

0
1045

गणेश अर्याल, इलाम।

इलामको रोङ गाउपालिका ४ मा नेकपा एमाले को वडा स्तरीय कमिटि गठन भएको छ । इन्द्र बहादुर लाप्चाको अध्यक्षतामा बनेको २५ सदस्यीय कमिटिको सचिबमा जीवन अर्याल रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रेमबहादुर राई दिपक गुरुङ प्रमिला राई मणिकुमार राई रहनु भएको छ । त्यस्तै अन्य सदस्यहरुमा जयप्रसाद अर्याल नरबहादुर राई रबीलाल राई लगायत सदस्यहरु रहनु भएको नेकपा एमाले रोङ गाउपालिका अध्यक्ष खड्ग आले मगरले जनाउनुभएको छ ।

सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेबि भटराईको प्रमुख आतिथ्यता तथा एमाले रोङ वडा नम्बर ४ का इन्चार्ज मेहरमान तामाङको सभापतित्वमा भएको भेलाले कमिटि गठन गरेको हो । भेलामा नेकपा एमाले रोङका अध्यक्ष खड्ग आले मगर जिल्ला कमिटि सदस्यहरु बिष्णुमाया भूजेल, रणबहादुर गुरुङ, सूर्योदय नगरपालिका ४ का वडा अध्यक्ष होम बहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सूनपा उपप्रमुख दुर्गा भटराइ, वडा अध्यक्ष होम कार्की, एमाले रोङ का अध्यक्ष खड्ग आले मगर, एमाले रोङ ४ का इन्चार्ज मेहरमान तामाङ गाउकमिटी सदस्य सत्यम राई, एमाले का जेष्ठ सदस्य रबीलाल राई, नवगठित वडा कमिटि अध्यक्ष इन्द्रबहादुर लाप्चा लगायतले मन्तब्य राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here