चीनको विस्तारित महत्वाकांक्षाः उसैलाई गलपासो बन्न सक्ने

0
576

मोहन सिंह
चीन विश्व शक्ति राष्ट्र बन्ने दाउमा रहेको छ । विश्वमा बढिरहेको तीव्र धुव्रीकरणकावीच आफ्नो विस्तारवादी नीतिलाई दक्षिण एसिया लगायत विश्वमा आफ्नो प्रभावलाई लाद्न खोजीरहेको छ । चीनले आफू केन्द्रित एसिया र विश्व वरियतामा शीर्ष स्थानमा आउन सशक्त रुपले लागिपरेको छ ।

चीन संग सीमा जोडिएका नेपाल , मंगोलिया, लावस , भियतनाम, ताजिकस्थान , कार्गिकस्तान लगायत सीमा जोडिएका मुलुकहरुमा आफ्नो प्रभाव र प्रभुत्वलाई स्थापित गर्न चीनले दबाब र सहयोग दुवै गर्दै आईरहेको छ । सहयोग मार्फत प्रभाव जमाउन नसके दवाव सिर्जना गरेर भएपनि आफ्नो प्रभुत्वलाई स्थापित गराउन चाहान्छ चीन। यसको पछिल्ला उदाहरणहरु पछिल्लो समय चीनको राजदुतहरुको सक्रियता र कुटनैतिक दवावहरुलाई लिन सकिन्छ । चीनको अधिनायकवाद तर्फको पुनः प्रस्थानले उसलाई नै गम्भिर संकटमा धकेल्न सक्नेछ । विशेष गरेर चीनले आफ्नो प्रगतिको कारक बनेको दक्षिण एसियाका मुलुकसंगको विश्वासलाई गुमाई रहेको छ । विश्वलाई आफ्नो बसमा राख्न चाहाने र विश्व शक्ति राष्ट्र बन्न खोज्ने एउटा संसोधनवादी शक्ति बन्ने दाउमा छ चीन तर, विश्व राजनीतिले चीनको प्रभावलाई स्वीकार गरिराखेको छैन । राजनीतिक धुव्रिकरणका वीच चीनले आफ्नो पतनको बाटोलाई पछ्याईरहेको विश्लेषकहरु बताउछन् ।

दक्षिणी चीन सागरमा देखिएको तनाव , ताईवान र हङकङप्रतिको कठोर कदम , चीन भित्र रहेको उइगुर मुसलमान माथिको चरम दमन , छिमेकी मुलुकहरुलाई दवावको भरमा दिएको आर्थिक भार यसको कारक बन्ने देखिन्छ । चीनको चरम महत्वकांक्षाले पूर्वी एसिया भन्दा बाहिर पनि अन्य मुलुकहरुले मोर्चावन्दी कसिरहेका छन् । चीनसंग नजिकिएको फिलिपिन्सलेसमेत दक्षिण चीन सागरमा आफ्नो दावी गर्दै हवाई तथा सामुन्द्रिक गस्ती बढाइरहेको छ । चीनसंग विवादमा रहेको भियतनामले यसैलाई टक्कर दिन पानी जहाजभेदी सामुन्द्रिक क्षेप्यास्त्र , रुसी लडाकु पनडुन्ची, लडाकु विमान र क्रुज मिसाईलयुक्त पानी जहाज खरिद गर्दै छ । सिंगापुर चुपचाप अमेरिकाको सैन्य साझेदार बनिसकेको छ यसबाट प्रष्ट हुन्छ कि राजनैतिक र रणनैतिक हिसावले यी मुलुकहरु चीनसंग आक्रमक बन्दै गईरहेका छन् । चीनसंग तनावको स्थिति सामना गरिरहेका छन् । चीनलाई काउन्टर गर्न धेरै मुलुकहरु राजनैतिक रुपमा एक ठाउँमा उभिएका छन् । ईन्डोप्यासिफिक क्षेत्रका सवैभन्दा शक्तिशाली राष्ट्रहरु भारत , अष्ट्रेलिया , जापान , अमेरिका सामेल रणनीतिक साझेदारी चीन विरोधी सहकार्यको केन्द्रविन्दु बनेको छ । यसबाट चीन विश्व राजनैतिक धुव्रिकरणमा एक्लिदै गइरहेको छ । चीनले ताईवानलाई आफूमा गाभ्ने , पचिमीश् प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने र दक्षिण एसियामा आफ्नो विस्तारवादी नीतिलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

यो अभियानमा आफू विजयी बन्ने र प्रभुत्वशाली पोजिसन हुने भविष्य खोजिरहेको छ तर आर्थिक वृद्धि सुस्त भईरहेको र बढ्दोरुपमा प्रतिकूल विश्वलार्इ सामना गरिरहेको चीनको उक्त सपना पूरा हुने अवस्था छैन । चीनले आफ्नो महत्वकांक्षी परियोजनाहरुलाई आक्रामक रुपमा अघि बढाईरहेको छ । यसबाट क्षणिक लाभ भएपनि विश्व राजनीतिमा यिनै परियोजनाहरुले चीनलाई एक्ल्याउंदै लगिरहेको छ । यतिबेला चीनले कयौं जोखिमहरुलाई आन्तरिक रुपमा सामना गरिरहेको छ । आर्थिक वृद्धि सुस्त छ , रणनैतिक हिसावले चीन असफल हुने विन्दु तिर लम्किरहेको छ । कोभिड १९ पछि विश्व राजनीति रंगमा अस्थिरता सिर्जना भएका छन् यसबाट चीनसंगको राजनैतिक सम्बन्धमा धेरै मुलुकहरुको फाटो आएको छ । चीनले जुन खालको विस्तारित महत्वाकांक्षालाई देखाइरहेको छ यो पछि उसैलाई गलपासो बन्न सक्ने अवस्था हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here