विक्रमको जन्मदिन वालआश्रममा

0
764

बिर्तामोड ।

जन्मोत्सवलाई फरक तरिकाले मनाउने होडबाजी अहिले युवा पिंढीमा पनि बढ्दो क्रममा छ । त्यस्तैगरी विर्तामोडका एक युवाले पनि आफ्नो जन्मदिनमा विर्तामोडको एक वालआश्रममा मनाएका छन् ।

विर्तामोड–५ का विक्रम जंग कार्कीले आफ्नो जन्म दिनमा विर्तामोड–४ मा रहेको तारा नमस्ते वालग्राममा रहेका मसिना असक्त वालवालिकाहरु संग केक काटेर अनि खाना खुवाएर मनाएका हुन् ।

युवापुस्तामा पनि सेवाको भावना जागृत गर्ने उद्देश्यले आफूले आफ्नो जन्मदिन वालआश्रममा मनाएको कार्कीले बताए । साथी भाईहरु संग होटल तथा रेष्टुरेण्टमा गएर केक काटेर अनि विभिन्न परिकारका साथ मदिरा सेवन गरी फजुल खर्च गर्नु भन्दा एक दिन नै भए पनि असक्त वालवालिकाहरु संग खुसी साट्नका लागी आफूले आफ्नो जन्मदिन वालआश्रममा मनाएको कार्की बताउँछन् ।

माजवताको खाँचो खड्किएको यो अवस्थामा १८ जना वालवालिकाहरु रहेको उक्त वालग्राममा छोराले आफ्नो जन्मदिन मनाउने निर्णयले गर्दा छोराको सेवाभाव देखि आफूहरु गौरवान्दीत भएको कार्कीका बाबा कल्याण जंग कार्की र आमा टिका कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here