माईमा कर्मचारी हकहित मञ्चको विविध कार्यक्रम

0
523

विमल दहाल, माई ।

ईलामको माई नगरपालिकामा स्थानीय कर्मचारी हकहित मञ्चद्वारा शुभकामना आदनप्रदान,चियापान तथा वृहत सास्कृतिक कार्यक्रम बिहिबार सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिकाका मेयर दिपक कुमार थेवेले कर्मचारी माथि हुने हेपाहा प्रवृत्तिको अन्त्यका लागि कर्मचारी हकहित मञ्च गठन भएकोमा शुभकामना प्रदान गर्नु भएको थियो। मेयर थेबेले राम्रो काम गर्ने कर्मचारीलाई कसैले फरक दृष्टिकोणबाट हेर्न नसक्ने भन्दै कर्मचारीनै स्थायी सरकार भएकाले स्थानीय, प्रदेश र संघ बिचमा समान कर्मचारी एेन बनाउन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

योग्यता, दक्षता र कार्यसम्पादनका आधारमा कर्मचारीलाई प्रोत्साहन गर्नु पर्ने मेयर थेबेको भनाई थियो। कार्यक्रममा माई नगरपालिका भित्रका १० बटा बिधालयको नृत्य प्रतियोगिता समेत गरिएको थियो। प्रतियोगितामा नेपाल एकाडेमी माई-४ प्रथम, कन्काई माबि माई-२ द्वितीय, कृष्ण माबि माई-५ तृतिय र लक्ष्मी आदर्श मावि माई-८ ले सान्त्वना प्राप्त गरेका थिए।

कार्यक्रममा गजल, गित, कबिता, दिमाग लाउने प्रश्न लगायतका क्षेत्रमा समेत सहभागीले प्रस्तुति गरेका थिए । उपमेयर बिष्णु माया आचार्य बिशेष अतिथि र प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवाको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष पदम बहादुर लिम्बु, नेकपा एमालेका होम गुरुङ, नेपाल शिक्षक संघका रुद्र मगर, दानाबारी रेडक्रस सोसाइटी सभापति मित्र प्रसाद गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन माईका अध्यक्ष खेम लिम्बु, कन्काई माबिका प्रधाध्यापक  हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

स्थानीय तह हकहित मञ्च माई नगरपालिकाका अध्यक्ष एवम माई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो । पहिलो सत्र माईका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेल र दोस्रो सत्र सुचना अधिकृत दिपिका घिमिरे र लेखा सहायक अशोक कट्टेलले सन्चालन गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here