पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिक एकल महिलामाथि सांघातिक आक्रमण गर्नेहरुको तत्काल खोजी गरी कडा कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई अनुरोध गरेकी छिन् ।
मंगलबार दिउँसो एक अज्ञात समूहको सांघातिक आक्रमणबाट वडा नं ३, टप्पु टोल निवासी ७० वर्षीया हर्कमाया दंगाल गंभीर अवस्थामा रहेकी थिइन् । वृद्धाको घरमै पुगेर स्वास्थ्य अवस्थावारे जानकारी लिँदै उपप्रमुख वास्तोलाले स्थानीय प्रहरी प्रशासनलाई थप सक्रियता बढाउन अनुरोध गर्न अनुरोध गरेकी छिन् ।
दंगाल घटनाको अनुसन्धानमा सम्लग्न इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का सहित अनुसन्धान व्यूरोका सुरक्षाकर्मीसँग कुरा गर्दै उपमेयर यमुना विष्ट वास्तोलाले एकल महिलाहरुमाथि भएको यस प्रकारको घटनाले समाजमा महिलाहरूको हक अधिकारको प्राप्ति र संरक्षणका लागि थप सुरक्षा चुनौती थपिएको वताएकी हुन ।
सोहि अवसरमा ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, वडा सदस्य देवीप्रसाद घिमिरे सहित स्थानीय सामाजिक अगुवाहरुको टोलीले घटनाका बारेमा जानकारी लिएको हो । घर नजिकै खेतमा गएको अवस्थामा दंगालमाथि अज्ञात रुपमा आक्रमण भई अनुहार र टाउकोमा गहिरो चोट लागेपछि गंभीर अवस्थाकी उनको अहिले नोवेल अस्पताल विराटनगरको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
यता ,प्रहरी प्रमुख खड्काले घघटनाका दोषी छिटो भन्दा छिटो पत्ता लगाउन प्रहरी सक्रियता बढाइदैं अनुसन्धान भइरहेको जनाउनुभएको छ ।































