झापा । 
झापामा रहेर शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै पदेश प्रहरी कार्यालयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई पुरस्कृत भएका छन् ।
विगत ९ महिनादेखि झापाको नेतृत्व सम्हालेका भट्टराई आफूले प्राप्त गरेको जिम्मेवारी त्रुटीरहित तरिकाले सम्पादन गर्नुका साथै अवैध लागू औषध, अपराधमा सम्लग्न व्यक्ति, फरार अभियुक्तलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने कार्यमा उत्कृष्ट काम गरेको भन्दै “६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा प्रदेश नं.१, प्रहरी कार्यालय विराटनगरबाट पुरस्कृत भएका हुन् ।
यसैबीच आफूलाई दिएको जिम्मेवारी त्रुटीरहित तरिकाले सम्पादन गर्नुका साथै विभागीय मूल्य मान्यता अनुरुप आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तरिकाले उच्च मनोवल र सहासका साथ अपराध अनुसन्धान, फैसला कार्यान्वय र प्रसाशनिक काम कारवाही उत्कृष्ट तरिकाले सम्पादन गरी शान्ति सुरक्षा, अमन चयन कायम राख्ने कार्य र महाभारी– कोभिड १९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनी प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्की र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यलाई पुरस्कृत गरेको छ ।
प्रहरी उपरीक्षक सानुराम भट्टराईको अध्यक्षता, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको प्रमुख आतिथ्य, जिल्ला स्थित अन्य सुरक्षा निकाय प्रमुख, पूर्व प्रहरी संगठनका पदाधिकारी, अमर प्रहरी परिवारजन, प्रहरी कार्यमा सहयोग गर्ने संघ संस्था एवं शैक्षिक संघ संस्था प्रमुख, पूर्व प्रहरी, रेडक्रस प्रतिनिधी लगायत १५० जनाको उपस्थितिमा प्रहरी दिवस कार्यक्रम सम्पन्न भएको थियो ।
सोही अवसरमा अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान, १ नं प्रदेश प्रहरी कार्यालयबाट प्राप्त बहालवाला एवं पूर्व प्रहरी कर्मचारीको सन्ततीलाई छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाद्वारा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्रथम, द्धितिय एवं तृतिय स्थान हासिल गर्ने प्रहरीहरुलाई पुरस्कार एवं प्रहरीको काम कार्वाहीमा रचनात्मक योगदान गर्नुहुने व्यक्तिलाई कदर–पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका दिवसकै अवसर पारेर जिल्ला रेडक्रस सोसाईटी शाखा, भद्रपुरको सहयोगमा रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको थियो, उक्त कार्यक्रममा ३४ जना प्रहरी अधिकृत एवं जवानले रक्तदान गरेका थिए ।































