कांग्रेस देशका निम्ति अत्यावश्यकः शर्मा

0
529

गौरादह ।

नेपाली कांग्रेसका प्रबक्ता तथा कांग्रेसको आसन्न १४औं महाधिवेशनमा आफूलाई पार्टीको महामन्त्री पदमा उभ्याएका प्रभावशाली युबानेता तथा प्रखर बक्ता बिश्वप्रकाश शर्माले कार्यकर्ता तथा जनतामाझ कांग्रेस पार्टी देशका निम्ति एकमात्र महत्वपूर्ण र अत्यावश्यक राजनीतिक पार्टी रहेको बताएका छन् ।

नेपाली कांग्रेस गौरादह नगरपालिका वडा न ३ को पार्टी कार्यालय समुद्घाटन तथा नेपालीहरुको महान पर्व बिजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्ता माझ उक्त कुरा बताएका हुन् ।

नेपाली कांग्रेस पार्टी देशको अभिभावक भएकोले जसरी एउटा घरमा अभिभावकको महत्व हुन्छ त्यसरी नै महत्व देशका लागि कांग्रेस पार्टी महत्वको रहेको प्रवक्ता शर्माले बताए । एक अर्को प्रसंगमा निर्बाचन र संघर्षबाट प्राप्त भएका विषयबस्तुहरु नितान्त फरक हुने भन्दै उनले हरेक देशमा, पन्ध्र–बीस बर्षमा दलहरुबीचमा द्वन्द्व हुने, राजनीतिक नेतृत्वले अयोग्यता राख्ने र त्यसको परिणाममा द्वन्द्व सिर्जना हुने गरेको बताए ।

राजनीतिबाट निराश भएको व्यक्तिलाई बिनम्रतापूर्वक यो देशमा केही अबश्य भएको छ र धेरै कुरा गर्न बाँकी रहेको बुझाउन जरुरी भएको शर्माको भनाइ थियो । हिंसा र द्वन्द्वको अन्त्य गरी अहिलेको अवस्थामा आइपुगेको भन्दै प्रवक्ता शर्माले समृद्धिका लागि धेरै कुरा पूरा गर्न बाँकी रहेकोले देश बनाउने भिजन कांग्रेससँग मात्र भएको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here