दशैंमा खाद्यान्न पाउँदा अपाङ्गता भएकाहरु दङ्ग

0
473

बिर्तामोड ।

झापामा कोरोना महामारीका कारण श्रम र मागिखाने अवस्था बन्द भएपछि समस्यामा परेका बिर्तामोड–७ र ८ का अपाङ्गता भएका ४२ परिवारले शुक्रबार राहत पाएका छन् ।

दशैंको बेला राहत पाउँदा अपाङ्गता भएकाहरुले औधिखुशी भएर दाताहरुलाई धन्यवाद दिए । शुक्रबार बिर्तामोड–५ निवासी व्यवसायी गोपाल मुखिया र बबिता राईले ४२ परिवारलाई खाद्यान्न बितरण गरेका हुन् ।

उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १का अध्यक्ष टीकाराज ढकाल, केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक कुमार भट्टराई, दाताहरु मुखिया र राईले संयुक्त रूपमा उनीहरुलाई चामल, तेल, दाल, नुन लगायतका सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रम संयोजक भट्टराईका अनुसार बिर्तामोडका १० वटै वडाका दुई सय १६ जनाभन्दा बढी परिवारलाई दशैँको अवसरमा राहत बितरण गरिएको हो । नेपालीको महान चाड दशैँमा भोकै कोही बस्नु नपरोस् भनेर कार्यक्रम गरिएको संयोजक भट्टराईले बताए ।

कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष ढकाल, सदस्य भट्टराइर्, नेपाली कांग्रेसकी नेतृ पार्वता गिरी, बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाका अध्यक्ष दीपक थापा लगायतले शुभकामना दिएका थिए । वडा नम्बर ७ का अध्यक्ष चन्दकला पकुवालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन हरि अधिकारीले गरेका थिए ।

कोरोना कहरका कारण झापामा लामो समय निषेधाज्ञा हँुदा अपाङ्गता भएका व्यक्ति समस्यामा परेको भन्दै संवाद समूहले झापाका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरेर सहयोग गरिदिन आव्हान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here