‘गुणस्तर एवम् संस्कारयुक्त समय सापेक्ष शिक्षा आजको आवश्यकता’

२३ आश्विन २०७८, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

गुणस्तर एवम् संस्कारयुक्त समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको शनिबार झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रममा अधिकांश वक्ताहरुले बताएका छन् ।

नेपालीहरुको साझा चाड विजया दशमीसँगै नजिक आइरहेको अन्य चाडहरु शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) अर्जुनधाराले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् ।

त्यसैगरी उनीहरुले प्याब्सनले आचारसंहिता लागु गरेर पाठ्यक्रममा एकरुपता कायम गर्नुपर्ने, प्राविद्यिक शिक्षा सञ्चालन गर्नुपर्ने, भूगोल र समाज आधारित पाठ्यक्रम तयार गर्नुपर्ने, अभिभावकलाई सन्तुष्ट पार्ने किसिमको शिक्षा प्रदान गर्नुपर्नेलगायतको विषयमा जोड दिएका थिए ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सन नेपालका केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका कोषाध्यक्ष छत्र कार्की, सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार टीकाराम गौतम, प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगाप्रसाद निरौला, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, क्रियेटीभ रिडर्स पब्लिकेशनका संस्थापक एडभाइजर मिक्की कार्कीलगायतले आफ्नो धारणासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरक्रियात्मक शुभकामना आदान प्रदान कार्यक्रमको रुपमा वक्ताहरुबाट आएको सुझावहरुलाई आगामी दिनमा थप छलफल गरी कार्यान्वयन गराउने विषयमा सम्बन्धित निकायसँग पहल गर्ने अध्यक्ष सिटौलाले प्रतिबद्धता व्यक्त गरेका छन् । उपाध्यक्ष कुमार रायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here