‘धन्दागिरी’ असोज २५ बाट हलहरुमा

२४ आश्विन २०७८, आईतवार मा प्रकाशित
  • 579
  •  
  •  
  •  
  •  
  •  
    579
    Shares

झापा ।

कोरोना भाइरसका कारण विश्वनै मारमा परिरहेको छ यतिबेला । विश्वका प्राय सबै देश यो रोगबाट अछुतो रहन सकेन , यसले गर्दा विश्वको अर्थतन्त्र नै खस्केको छ ।

नेपालजस्तो गरिव देशमा त झनै बडि प्रभाव परेको देखिन्छ । अन्य क्षेत्रमा त प्रभाव पार्यो नै यसले नेपाली फिल्म इन्डस्ट्रीमा झनै नराम्रो असर पारेको छ । २०७७ बैशाखबाट सिनेमा हलहरु पूर्णरुपमा बन्द भएको छ । नेपाली फिल्म क्षेत्र जहाँ हलहरुमा दर्शक भरिभराउ भएर चल्ने फिल्महलहरु यतिबेला सानसुन देख्न सकिन्छ ।

हलहरु संचालन हुदा पनि थोरै फिल्मले मात्र आफ्नो लगानी उठाउने गरेकोमा कोरोनाका कारण मान्छेहरुको भिडभाड हुने ठाउँ सबै लकडाउनका कारण बन्द भएका कारण दुई बर्षदेखि रिलिज हुन नसकेका फिल्महरु हल संचालन भएर फिल्म हलमा लगाउन निर्माताहरु पर्खिरहेका छन् ।

कोरोना केही कमिभए सगै नेपालका सिनेमा हलहरु यो दशैको फुलपातीबाट खुल्ने भएका छन् । कति फिल्महरु रिलिजको पर्खाइमा यतिबेला बसेका छन । कोरोना भाइरस संक्रमण भन्दा पहिले दशैको अवसर पारेर प्राय सिनेमा निर्माण टिमले फिल्म हलमा लगाउन यतिबेला हान थाप पर्थो र प्रत्येक हप्ता फिल्म रिलिज हुन्थ्यो , कतिले आफ्नो लगानी उठाउथे कतिले आफ्नो फिल्म हप्तादिन सम्म हलमा थाम्न हम्मे पर्थ्यो ।

यस्तै असोज २५ गते सोमबारबाट नेपाली फिल्म हलहरुमा लाग्ने भएका छन । हल खुले सगै भोलि बाटै देशैभर रिलिज हुन लागेको भाग्यमानी फिल्म हो ‘धन्दागिरी’ ।दशै बिदाको अवसर पारेर धन्दागिरिले फुलपातिकोक अघिल्लो दिन प्रदर्शन मिति तय गर्दै फिल्मको निर्माण पक्षले ट्रेलर र गित पहिल्यै सार्वजनिक गरिसकेको छ ।

फिल्मको ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिएको देख्न सकिन्छ । धन्दागिरीमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको फिल्ममा दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, स्व।दीपक क्षेत्री, स्व।बिएस राणा लगायतको पनि अभिनय देख्न पाइन्छ । फिल्म धन्दागिरीको कथा र निर्देशन नरेन्द्र भट्टराई (एन बी अन्जान) को रहेको छ भने पत्रकार कृष्ण भट्टराईको सम्बाद रहेको छ ।

फिल्ममा दिनेश खड्का एसोसियट निर्माता र कुमार प्रसाद ओझा कार्यकारी निर्माताको रुपमा रहने निर्माण पक्षले जानकारी दिएका छन् । आरआर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता कवि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ हुन् भने रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन र सन्तुष्टि दिने निर्देशक भट्टराईको दाबी छ । यसको डिजिटल राइट्स डिएआर मुभिज एन्ड फिल्मसले लिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here