कमल गाउँपालिकाले आगामी फागुन मसान्तभित्र गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउन कम्मर कसेर लागेको छ । ‘खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार’ भन्ने अभियानका साथ गाउँपालिका लागेको हो । बालमैत्री शासनयुक्त गाउँपालिका घोषणा गरिरहँदा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको छ ।
बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषण गर्न अझ धेरै सूचकहरु पूरा गर्नुपर्ने हुन्छ । जम्मा ५१ वटा सूचकमध्ये १० वटा सूचक पूरा भएको गाउँपालिकाले भनिरहँदा बाँकी रहेका सूचकलाई पूरा गर्न उत्तिकै चुनौति पनि छ । ती सबै सूचक गाउँपालिकाले पूरा गर्छ र बालमैत्री शासनयुक्त गाउँपालिका हुन्छ भन्नुभन्दा पनि यो कार्यक्रम सफल पार्न तपाईको योगदान कति रह्यो त्यो गहन विषय हुन सक्छ । तपाईको छिमेकीको बालबालिकाले पाउन सबै खोप पाए की पाएनन् ? ती गर्भवती महिलाले आफू गर्भ अवस्थामा रहेको बेला गर्नुपर्ने स्वास्थ्य परीक्षण गर्न पाउनु भयो की भएन ?, विद्यालय जाने उमेरका नानी स्कूल नगएर कतै सडकमै पो छन् की ? यो कामप्रति तपाईं एउटा सचेत नागरिकको हिसाब तपाई भूमिका कस्तो रह्यो यो गहन विषय हुन सक्छ ।
अहिले पनि तपाई हामी बालबालिकालाई कुनै पनि निर्णयमा सहभागी गराउँदैनौं आफ्नै निर्णय मात्र लाद्ने गर्छौ । यसले हाम्रा बालबालिकालाई कस्तो असर पुगेको होला । यस विषयमा कहिलै सोचेनौ यो गहन विषय हो अनि हामी आफै भन्ने गर्छौ । यिनीहरुलाई व्यवहारकी कुरा पटक्कै आउँदैन यसो भनिरहँदा ती कलिला बालबालिकाको दिमागमा कस्तो असर पुग्ला यस तर्फ तपाई हाम्रो ध्यान कहिलै गएन ।
आज समय धेरै परिवर्तन भएको छ । हामी सोच्ने गर्छाैं बालबालिकालाई केही आउँदैन भनेर तर आज समयले त्यो कुरालाई झुटमा बदलिदिएको छ । उनीहरु प्रविधिमा धेरै अगाडि पुगि सकेका छन् । हामीलाई प्रविधिले छोडी सकेको छ । हामीले हाम्रा नानीहरुलाई साथीको जस्तै व्यवहार गरेर उनीहरुबाट धेरै कुरा सिक्न सक्छौं । तर, हामीले कहिल्यै त्यसतर्फ ध्यान दिएनौं आफ्ना नानीहरुलाई सोध्ने हिम्मत गरेनौं । हाम्रो साँघुरो दिमागले त्यता कहिल्यै सोचेन यो गहन विषय हो ।
समयक्रमसँगै आफूलाई परिवर्तन गर्न आवश्यक छ । नत्र डाइनोसर र साङ्गलो यो धर्तीमा सँगै आए पनि समय अनुसार आफूलाई परिवर्तन गर्न नसक्दा आज डाइनोसर लोप भयो साङ्गलोको संख्या दिन प्रतिदिन वृद्धि हँुदैछ । तपाई हाम्रो हाल पनि डाइनोसरको जस्तै नहोला भन्न सकिन्न ।
हाम्रा बालबालिकालाई बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको क्षेत्रमा सहभागी गाराउ भन्दै आज स्थानीय तहले लाखौ रुपैयाँ खर्च गरिरहेको छ । यदि तपाई हामीले आफ्ना नानी–बाबुलाई ऊ गर्भ अवस्थामा हँुदैदेखि गरिने विभिन्न चरणका गतिविधिमा सहभागी गराउँदै आएको भए आज कार्यक्रम बनाएर लाखौं रुपैयाँ खर्च गर्नुपथ्र्याे होला एकैछिन सोचौ त ? बच्चा आमाको पेटमा हुँदा आमाको स्वास्थ्य परीक्षण गराउने, बच्चालाई खोप लगाउने, विद्यालय जाने उमेर भएपछि विद्यालय पठाउनुपर्ने, बाल श्रमको रुपमा प्रयोग गर्नु नहुने, हरेका निर्णयमा बालबालिकालाई सहभागी गराउनुपर्ने यस्ता कुराहरु तपाई हामीले हाम्रा नानीहरुलाई सहभागी गराएको भए के आज राज्यले लाखौं रुपैयाँ खर्च गरेर स्थानीय शासनयुक्त कमल गाउँपालिका घोषणा गर्न आवश्यक पथ्र्यो र ?
बालमैत्री स्थानीय शासनयुक्त कमल गाउँपालिकाले घोषणाका निमित्त बालमैत्री स्थानीय तहका विद्यालयमा बालबालिका सम्बन्धी स्थिति पत्र तयारी र प्रकाशन तथा अद्यावधिक भएको हुनुपर्नेछ । प्रारम्भिक बाल विकास केन्द्रहरुले स्थानीय तहले तोकेको न्यूनतम् मापदण्ड पूरा गरेको हुनु पर्नेछ । विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीको बालमैत्री, वातावरणमैत्री र विपद् व्यवस्थापन सम्बन्धी अतिरिक्त कक्षा संञ्चालन गरेको हुनुपर्ने जस्ता सूचक समेत समावेश गरेको हुनाले सबै विद्यालयले गर्न आवश्यक छ ।
त्यसैगरी स्थानीय तहको आवधिक र वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिनु बालबालिकाको समुचित विकासको लागि आवश्यकपर्ने सबै सेवासुविधाहरुमा हरेक बालबालिको पहुँच सुनिश्चित हुनुपर्ने, बालबालिका सम्बन्धी योजना, नीति र कानून तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराइनुपर्ने, बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाहरु उल्मूलन गर्ने र स्थानीय तहमा निर्माण गरिने पूर्वाधार बालमैत्री बनाइनुपर्ने, बालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्नुपर्ने जस्ता आधारभूत कुरा पूरा गर्न गाउँपालिकालाई चुनौति छ ।
स्थानीय शासनयुक्त कमल गाउँपालिका घोषणा गर्न गाउँपालिकाले अझै धेरै सूचक पूरा गर्नुपर्नेछ । जस अन्तर्गत बालबालिकालाई कुटपिट, गालीगलौज, हिंसा, दुव्र्यवहार, शोषण, अवलेहना, बेवास्ता, उपेक्षा र भेदभाव नगर्ने, विद्यालयभन्दा बाहिर रहेका बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चिताका लागि वैकल्पिक विद्यालय सञ्चालन गर्नुपर्ने । बालबालिकाको विचार र भावनाको कदर गरी बालबालिकालाई साथी सरह व्यवहार गर्नुपर्ने, छोरीछोरामा समान व्यवहार गर्नुपर्ने, बाल श्रमशोषण नगर्ने । १४ वर्ष मुनिका बालबालिकालाई घरेलु कामदारको रुपमा प्रयोगमा रोक लगाउनुपर्ने, स्थानीय तहको योजना तथा निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउनुपर्ने, बालविवाह गर्नेलाई कानूनी कारवाही गर्ने र कम उमेरको विवाहको निमन्त्रणालाई अस्वीकार गर्ने, २० वर्षपछि मात्र विवाह गर्न गराउन दवाव सृजना गर्नुपर्ने, सेवा प्रवाहमा बालबालिकालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, गरीब विपन्न घरधुरीको पहिचान गरी उनीहरुको जीवनस्तर सुधारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
त्यसैगरी गाउँपालिकाको सन्तुलित विकासका निम्ति पूर्वाधार, आर्थिक, सामाजिक, वनवातावरण, विपद् व्यवस्थापन तथा सेवाप्रवाह र संस्थागत विकासमा प्राथमिकता दिनुपर्ने, भिन्न क्षमता भएका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग गर्नुपर्ने, स्वास्थ्य र सरसफाईमा सुधार गर्न योजनाबद्ध रुपमा अभियान सञ्चालन गर्नुपर्ने बालबालिकालाई स्नातक तहसम्म पढाउन अभिप्रेरित गर्ने, विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन भौतिक, मानवीय, वातावरण पक्षमा सुधार गर्दै प्रविधियुक्त, विद्यार्थी केन्द्रीत सिकाइ विधिको अवलम्वन गरी विद्यालयलाई आर्कषण केन्द्र बनाउन सबैले सहयोग गर्नुपर्ने, विद्यालयमा खेल सामग्री, शैक्षिक सामग्री, प्राथमिक उपचारका सामग्री, विद्यार्थी अनुपातका आधारमा शिक्षकको व्यवस्थापन, वडा, विद्यालय, स्वास्थ्य संस्था–संघ लगायतका संरचनामा आवश्यकता अनुसार बाल स्याहार केन्द्र स्थापना गर्ने लगायतका सूचक पूरा गर्न गाउँपालिका लागीपरेको छ ।
सबै सूचक पूरा गरी आगामी फागुन मसान्तसम्ममा स्थानीय शासनयुक्त कमल गाउँपालिका घोषणा गर्न गाउँपालिका लागीपरे पनि त्यसलाई कार्यान्वयन गर्न तपाई हामी सबैको दायित्वबोध हुन आवश्यक छ । गाउँपालिकाले गरेनभन्दा पनि तपाई हामीले के गर्यो त्यो महत्वपूर्ण हुन्छ । त्यसैले आजैदेखि आफ्नो गाउँपालिकालाई स्थानीय शासनयुक्त कमल गाउँपालिका बनाउन कम्मर कसेर लागौं ।