झापाका दुई लाख महिलाहरुको पूर्वाञ्चल क्यान्सर अस्पतालले निःशुल्क उपचार गर्ने

0
522

झापा, झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाहरुले निःशुल्क स्वास्थ्य जाँच गर्न पाउने भएका छन् ।
विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर पुस महिनासम्म महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्न लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।
अस्पताल परिसरमा आज आयोजित कार्यक्रमकाबीच कार्यकारी निर्देशक प्रसाईले महिलाहरुमा विशेष गरी क्यान्सर रोगको समस्या देखिने गरेको र अस्पलामा स्वास्थ्य जाँचका लागि आउने सम्पूर्ण महिलाहरुमा क्यान्सर रोग भए ÷ नभएको पत्ता लगाउन स्कृनिङ गर्दै , मेमोग्राम समेत गरिने भएको छ ।


मानिस स्वास्थ्य र सुखी रहनु पर्छ भन्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले झापाका मात्रै दुई लाख महिलाको अस्पतालले निःशुल्क स्वास्थ्य जाँच गर्ने र दोस्रो चरणमा इलाम, पाँचथर, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्लाका महिलाको स्वास्थ्य जाँच गर्ने अस्पतालको कार्यक्रम रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here