बिर्तामोड।
कोरोनाका कारण शैक्षिक क्षेत्रमा निकै ठूलो असर परेको नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले बताएका छन् ।
शैक्षिक क्षेत्रको अन्यौलता हटाउन सरकारले पहल गर्नुपर्ने भन्दै उनले शैक्षिक परामर्श संघलाई संघीय सरकारले हेर्ने वा प्रदेश सरकारले हेर्ने भन्ने विषयमा अन्यौलता सिर्जना हुँदा कतिपय शैक्षिक परामर्श संघहरु अलमलमा परेको बताए । उनले विश्व स्तरको शिक्षा प्रदान गर्नका लागि इक्यानले विद्यार्थी र अभिभावकसँग सहकार्य गर्ने गरेको बताए ।
शिक्षा क्षेत्रमा ठूलो व्यापार रहेको र कोरोनापछि त्यो व्यापारले गति लिने विश्वास व्यक्त गरे । शैक्षिक परामर्श संघलाई व्यवस्थित बनाउन इक्यान लागी परेको र समस्या र चुनौति भए पनि शैक्षिक परामर्श संघका शाखाहरुले धैर्य गर्नुपर्ने विचार व्यक्त गरे ।
शिक्षाको क्षेत्रको कोरोनाका कारण ठूलो असर पर्दा त्यसको असर इक्यानलाई परेको इक्यानका केन्द्रीय सदस्य पुष्पराज भट्टराईले बताए । उनले भने– ‘कोरोनाका कारण शिक्षा क्षेत्रमा ठूलो असर परेको छ । राज्यले शैक्षिक परामर्श संघलाई विशष छुट र सहयोग दिन आवश्यक रहेको छ ।’
इक्यानका केन्द्रीय सल्लाहकार खड्ग चाम्लिङले कोरोनाका कारण परामर्श संघ धरासायी बन्ने अवस्थामा पुगेको बताए । यसले अर्थतन्त्रमा ठूलो असर पु¥याएको भन्दै शैक्षिक परामर्श संघलाई पुरानै अवस्थामा पु¥याउन कठिन परिस्थिति उत्पन्न हुने विचार व्यक्त गरे । लामो समयसम्म अष्टे«लिया, अमेरिका, जापान लगायत शिक्षा लिनका लागि जाने विद्यार्थी रोकिँदा कल्सल्टेन्सी क्षेत्रलाई ठूलो असर परेको बताए ।
शैक्षिक परामर्श व्यवसाय– अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले परामर्श संघहरु धरासायी बनेको बताए । उनले इक्यान शाखाहरुलाई केन्द्र र सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा इक्यान झापाका विभिन्न अभियानलाई सहयोग गरेको भन्दै चिरन चिराग एजुकेशन कन्सल्टेन्सी, क्रिमसन युनिभर्सल एजुकेशन कन्सल्टेन्सी, एभरेष्ट मल्टिटेक्निकल पाठशाला र पद्मा एजुकेशन कन्सल्टेन्सीहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अनिल सापकोटाले गरेका थिए ।