मासु पसल व्यवस्थित गर्न अन्तरक्रिया

२५ आश्विन २०७८, सोमबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका मासुजन्य व्यवसाय व्यवस्थित गर्ने विषयमा आज सोमबार अन्तरक्रिया भएको छ ।

नगरपालिका कार्यालयबाट खटिएको टोलीले अनुगमनका क्रममा नगर क्षेत्रका मासु पसलहरु सरसफाईमा ध्यान नदिइ न्यूनतम मापदण्ड समेत पुरा नगरिएको पाइए भन्दै त्यसलाई व्यवस्थित गर्न व्यवसायीहरुसँग अन्तरक्रिया भएको हो ।

नगरको पशुपंक्षी शाखाको आयोजनामा पहिलो चरणमा पथरी बजार क्षेत्रका मासु व्यवसायीहरुसँग आज अन्तरक्रिया गरी दुवै पक्षको पहलमा पसलहरु व्यवस्थित बनाउने साझा सहमति भएको छ । नगर प्रमुख दिलीपकुमार राईले मासु व्यवसाय व्यवस्थित गर्नका लागि व्यवसायीहरु अग्रसर वन्नु पर्ने वताउँदै नगरले त्यसमा आवश्यक सहयोग पुर्याउने धारणा राख्नु भएको छ । मासु व्यवसायीले व्यवसाय व्यवस्थित गर्न नगरले सहयोग पुर्याउनु पर्ने वताएका थिए ।

नगरका उपसचिव शालिग्राम काफ्लेको अध्यक्षता सम्पन्न कार्यक्रममा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल र पशुसेवा केन्द्र प्रमुख पर्वत साहले मासु व्यवसाय सम्बन्धि कानूनी व्यवस्था सहितका मापदण्डका बारेमा जानकारी गराउनु भयो । पथरी बजारमा प्रदेश सरकार र नगरपालिकामार्फत व्यवस्थित पशुवधस्थल निर्माण गरिएको पनि जानकारी गराइएको छ ।

०७६ सालमा १० वडाबाट ३,३ जना दरले मासु व्यवसायीहरुको भेला गरी अन्तरक्रियामार्फत समिति समेत निर्माण गरेर व्यवसाय व्यवस्थित गर्न सुझाव माग गरिएको थियो । तर त्यसयता कोरोना भाइरसको संक्रमण बढेकाले थप छलफल हुन पाएको थिएन ।

अघिल्लो अनुगमन्मा न्यूनतम मापदण्डका बारेमा सामान्य जानकारी गराइ पसल व्यवस्थित गर्न सुझाव दिइएको थियो । गत २३ गते गरिएको अनुगमनका क्रममा अवस्था सुधार नभएको भन्दै नगरले कानूनी प्रावधान एवम् मापदण्डका बारेमा जानकारी गराउँदै व्यवसायीसँग अन्तरक्रिया राखिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here