झापा, माई नगरपालिकाका दुईसय परिवारलाई राहत बितरण गरिएको छ । कोभिडका कारण विरामी परेका÷बिपन्न तथा अशक्तहरुलाई प्रति परिवार ३० केजी चामल, पचासथान मास्क, नुहाउने सावुन , स्यानिटाइजर बितरण गरिएको हो ।
चार्डवार्डको समयमा त्यस क्षेत्रका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले जनता समाजवादी पार्टी माई नगरकार्य समितिले राहत बितरण गरेको समितिका अध्यक्ष टेकेन्द्र एक्तेनले बताउनुभयो ।
माई नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष मनवहादुर वस्नेतको सहजीकरणमा उनीहरुलाई राहत स्वरुप खाद्यन्य सहितका सामग्री बितरण गरिएको हो ।
यता त्यस क्षेत्रका पाँच जना वृद्धवृद्धालाई सम्मान समेत गरिएको थियो । उनीहरलाई स्टाकोट ÷ स्टिर, पच्छ्यौरा,टोपी लगाएर सम्मान गरिएको थियो । सो कार्यक्रम वडा नम्वर ९ का वडाअध्यक्ष लीला कुमारी राईले सहजीकरण गर्नु भएको थियो ।
समाजवादी पार्टीका अध्यक्ष एक्तेन एक्लैले त्यस क्षेत्रका नागरिकका लागि ६ हजार केजी चामल, मास्क , सेनिटाइजर, नुहाउने सावुन आदि वितरण गरेका थिए । नगरका ९ केन्द्रबाट राहत बितरण गरिएको बताइएको छ । वडा नम्वर १० मा दुई ठाउँ, ९ मा दुई ठाउँ र ५ मा ५ ठाउबाट उनीहरुका लागि राहत बितरण गरिएको हो ।
यस अघि पनि सो क्षेत्रका विपन्न नागरिकका लागि एक्तेनले आफ्नै निजी लगानीमा खाद्यन्य, स्वास्थ्य सामग्री, बितरण गर्दै आउनु भएको छ ।
त्यस क्षेत्रमा प्रत्येक वर्ष विजयादशमीको अवसरमा वृद्धवृद्धालाई आवश्यक सामग्री वितरण गरिदै आएको छ । एक्तेनले २०५८ सालदेखि विजया दशमीको अवसरमा आवश्यक सामग्री बितरण गर्दै आउनुभएको छ ।






























