दमक,

दशैंमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण वितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ ।
विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिँडेको २० वर्षीय कान्छो छोरो लालबहादुर आजसम्म पनि घर नफर्किदा उहाँलाई यसपालीको दसँैंले पनि खुशी दिन सकेन् । दुई वर्षअघि जेठो छोरा लीलामणिको मृत्यु भयो । गत असारमा पति वीरबहादुरको निधन भयो । जेठी बुहारी बितेको धेरै वर्ष भइसक्यो । अहिले जेठो छोराकी छोरी मनमायाकी एक मात्र सहारा हुन ।
पारिवारिक वियोगको यो दुर्दशामा परेकी मनमायालाई छोरो लालबहादुर भारततिर गएको भन्नेसम्म गाउँलेसे सुनाउँछन् । तर कुन ठाउँमा छन् र के कस्तो अवस्थामा छन् भन्ने कसैले सूचना दिनसकेका छैनन् । बुढेसकालको सहारा कान्छो छोरा लालबहादुर फर्किने आशामा बाटो हेर्दाहेर्दै मनमायाका आँखा दुखिरहेका छन् तर छोरा आएनन् । उहाँले छोरा यतिका वर्ष घर नर्पिmँकदा मनमा सधँै पीडा बोक्नु परेको सुनाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ , “यतिका वर्ष भइसक्यो, बेपत्ता भएको छोरोको अवस्था पत्तो लाग्न सकेको छैन् ।” उहाँले बेपत्ता छोराको खोजीका लागि हारगुहार गरे पनि यतिका वर्ष बित्दासमेत अवस्था पत्ता लाग्न नसकेको गुनासो गर्नुहुन्छ ।
दसँैमा हराएको छोराको सधैँभरि सम्झना आउने वृद्धा मनमाया बताउनुहुन्छ । दमक– ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल मनमायाको समस्या र पीडालाई बुझेर नै आफूले सक्नेसम्मको सहयोग गर्दै आएपनि छोरोको बारेमा अत्तोपत्तो लाग्न नसकेको बताउनुहुन्छ ।
भारततिर मजदूरी गर्न गएको भन्ने सुनिए पनि त्यसपछि नर्फिएको भुजेल परिवारका छिमेकी वडाध्यक्ष पौडेल भन्नुहुन्छ,“लालबहादुरलाई जहाँ जे जस्तो अवस्थामा भेटे पनि घर फर्किने वातावरण बनाइदिन अपिल गरिआएका छांै ।”
क्यान्सर रोगीलाई सहयोग
दायाँ खुट्टाको घुँडामा चोटका कारण क्यान्सर भई उपचाररत पाँचथर फिदिम १४ याङसोवानिवासी सुरेन्द्र सेरेङको उपचारमा सहयोग जुट्न थालेको छ ।
कमजोर आर्थिक अवस्थाका सेरेङको उपचारका लागि उनका परिवार तथा आफन्तजनबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसै क्रममा दमक १ निवासी उनका आफन्त सम्झना साँवाको सक्रियतामा स्वदेश तथा विदेशमा बस्दै आएका नातागोताबाट दुई लाख बढी सङ्कलन भइसकेको छ ।
उहाँका अनुसार सेरेङ चेलीमाइती तथा दमकको नेशनल लाइफइन्स्योरेन्सका कर्मचारीबाट दुई लाख ९ हजार २४७ रुपैया जुटेको छ । क्यान्सरका कारण देब्रे खुट्टा काट्नु परेका सेरेङ हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । उपचार गर्न खर्च धान्न नसक्ने भएकाले पीडित सेरेङ परिवारले सबैसँग सहयोगको अपिल गर्दैआएका छन् ।































