अर्जुनधारा नगरपालिकाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
767

अर्जुनधारा ।

बडादशैंसँगै नजिकिदै गरेको तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा अर्जुनधारा नगरपालिकाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र संविधान सभा सदस्य भक्त खपाङ्गीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका अन्र्तगत विभिन्न शाखाका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस नगर उपसभापति चर्तुभूज काफ्ले, नेपाल शिक्षक महासंघका नगरका अध्यक्ष पुण्य सुवेदी, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, नगर भाषा, कला, साहित्य समितिकी संयोजक सुशिला सुवेदी, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, नगर पशुपक्षीं, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कलाकारद्वय सन्तोष आले र यमुना तिवारी, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्रीलगायतले गीत प्रस्तुत गरेका थिए । कलाकारद्वय आले र तिवारीले संयुक्तरुपमा नगर गीतबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन खरिदार सौजन कटुवालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here