मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु १८ घाइते

0
618

काठमाडौं, 

मुगुको छायानाथ रारा नगरपालिकास्थित पर्चानीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए।

घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। घट्नाको विस्तृत विवरण आउन बाँकी छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here