प्रथम दाहालटार फुटवल प्रतियोगिताको उपाधी मदनपुरलाई

0
675

विमल दहाल, इलाम।

प्रथम दहालटार गोल्डकप प्रतियोगिताको फाईनल मदनपुर एएफसी अर्जुनधारा-२ ले हात पारेको छ। सोमबार सम्पन्न फाईनल खेलमा मदनपुरले गुनगुने एएफसी माई-९ लाई १ का विरुद्द ३ गोल गर्दै उपाधि हात पारेको हो ।

दाहालटार युबा समुह माई-५ को आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको समेत सहभागिता रहेको थियो । प्रतियोगिताको बिजयी, उपबिजयी टीमलाई पुरस्कार सहित बिभिन्न बिद्यामा सम्मान तथा पुरस्कार प्रदान गरिएकोे छ । फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

बिजयी, उपबिजयी टीमलाई प्रमुख अतिथि माईका मेयर दिपक कुमार थेबे, बडा नम्बर-५ अध्यक्ष गम्भीर बहादुर तामाङ, नेकपा एमाले माई नगर कमिटि सचिव हेम बहादुर लायो, सदस्य होम गुरुङ, वडा सदस्य केशर बहादुर राई, भुपाल पुर्वछाने लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

खेलमा मदनपुर एएफसीका बेष्ट गोल किपर मनोज प्रधान, बेष्ट प्लेयर सरोज कार्की, हाईस्कोरर देबेन्द्र तामाङ भएका थिए भने मेन अफ दी म्याच गुनमुनेका विमल साउदेन भएका थिए।

बिजय दशमीको अवसरमा गत असोज –१४ गते बाट शुरु भएको प्रतियोगितामा झापा र ईलामका पुरुष १२ टीमको सहभागिता रहेको थियो । फाईनल खेल संगै पुरुष र महिला टीमहरु बिच मैत्री पुर्ण खेल समेत भएको थियो। पुरुष मैत्री पुर्ण खेलमा राष्ट्रिय कलाकार र भेट्रान समुह बिच तथा महिला तर्फ खुदुनाबारी विरुद्ध सिस्ने टिम बिच भएको आयोजकका अध्यक्ष जीबन हाङसुरुम्वाले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here