बहुविवाहको आरोपित रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

0
273

झापा, बहुविवाहको आरोपित रुबी खानलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।बाँकेकी रुबी खानलाई
बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो ।

हिंसा पीडितका परिवारलाई न्याय दिलाउने अभियानमा लागेकी रुबी खानलाई प्रहरीले बहुविवाहको अभियोगमा पक्राउ गरेको थियो । न्याय माग्दै माइतीघरमा अनशनमा बसेका बेला उनलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको हो । इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो ।

उनलाई महानगरी प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेर लैनचौरमा जिम्मा लगाएको थियो । महिला शेल नभएको भन्दै लैनचौर राखिएपनि उनलाई भोलिपल्ट नेपालगञ्ज पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here