एभरेष्ट हाइपर मार्केटले ल्यायो बम्पर योजना: एक हजारको सामग्री खरिद गर्दा दुई/दुई वटा स्कूटर उपहार

0
1026

झापा, बाह्रदशी गाउँपालिका – ३ राजगढमा सञ्चालमा आएको एभरेष्ट हाइपर मार्केटले विजयादशमी , दीपवली तथा छठ पर्वलाई लक्षित गर्दै बम्पर उपहार योजना सञ्चालनमा ल्याएको छ ।
सात करोड रुपैयाँ भन्दा बढीको लगानीमा हालै सञ्चालनमा आएको हाइपर मार्केटले ग्रामीण क्षेत्रका ग्राहकलाई मध्यजनगर गर्दै दुई वटा स्कूटर बम्पर उपहार राखेको हो । एक हजार रुपैयाँ भन्दा बढीको सामग्री खरिदमा ग्राहकलाई कुपन प्रदान गरिने र सो कुपनलाई लक्की ड्र गराएर दुई जना भाग्यशाली विजेतालाई स्कूटर प्रदान गरिने मार्केटका सञ्चालक मुन्ना हुसेनले जानकारी दिए ।
गत वर्षपनि राजगढमा हुसेन परिवारले नै सञ्चालनमा ल्याएको एभरेष्ट सस्तो वजारमा वम्पर उपहार योजना सार्वजनिक गरिएको थियो । जहाँ एक जना भाग्यशाली विजेतालाई एक थान स्कूटर प्रदान गरिएको थियो ।
भाटभटेनीसंग मात्रै प्रतिष्पर्धा गर्ने भन्दै हुसेन परिवारले यो वर्ष ग्रामीण क्षेत्रकै ठूलो र सस्तो वजार सञ्चालनमा ल्याएका छन्

। एभरेष्ट हाएपर मार्केट नामाकरण गर्दै विदेशी तथा स्वादेशी सवै प्राण्डका सामग्री खरिद गर्न सकिने गरी मार्केट सञ्चालनमा ल्याएइको छ ।
राजगढ बजारमा सञ्चालनमा ल्याएको मार्केटले अधिकांश ग्राहकको मन जित्न सफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here