सैनिकमोड-गोलधाप सडकखण्डको निर्माणकार्य चाँडै शुरु

0
1050

गोलधाप ,
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सैनिकमोड-गोलधाप सडकखण्डको निर्माणकार्य चाँडै शुरु हुने बताएका छन्।
बिर्तामोडको बिराटपोखरमा शनिबार संक्षिप्त प्रतिक्रिया दिंदै नेता सिटौलाले प्रक्रियागत रुपमा काम चाँडै शुरु बताएका हुन्। उनले भने( टेण्डर, ठेक्काको प्रक्रिया शुरु हुन्छ र ठेकदारले जति छिटो काम गर्छ त्यति नै चाँडो बाटो निर्माणकार्य सम्पन्न हुन्छ। यसका लागि जनप्रतिनिधिहरु अग्रसर बन्नुहोस्। अनावश्यक विवाद सिर्जना गर्न नहुने भन्दै सडकको राष्ट्रिय मापदण्ड अनुसार सडक निर्माण थालनी हुने बताए। नेपाल सरकारबाट हालैको नयाँ बजेट अनुसार पहिलो चरणमा आठ करोड रुपैयाँ निकासा भएको पनि उनले जानकारी दिए। बिर्तामोड (१० का वडाध्यक्ष दुर्योधन गुरुङले सम्पूर्ण सडक कालोपत्रे गराउन स्थानीय सरकारको तर्फ पहल गरिरहेको बताए। यसअघि यस सडकखण्डका लागि २४ लाख विनियोजन भएकोमा त्ससलाई कटौती गरि देउपा सरकारबाट हालै ६१करोडको योजनाअनुसार पहिलो चरणमा ८ करोड रुपैयाँको बजेट विनियोजन भएको नेपाली कांग्रेसका कार्यकर्ता तथा नेताहरुले बताउँदै आएका छन्। पहिलो चरणको बजेटबाट तीन किलोमीटर सडक निर्माण हुनसक्ने प्राविधिकहरुको भनाइ रहेको वडा सदस्य अर्जुन सिटौलाले बताए।
सैनिकमोड(गोलधाप सडकखण्ड अत्यन्त जीर्ण अवस्थामा भए पनि संघीय सरकार आएको चार वर्ष भइसक्दा पनि बाटो नबन्दा यात्रु तथा सेवाग्राही ठूलो सकस बेहोर्दै आएका छन्। निर्माणकार्यमा ध्यान दिनुभन्दा कामको जसलिन तर्फ राजनीतिक पार्टीहरु लागेकामा जनताहरु आकोर्षित बन्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here